१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जाजरकोटमा २२ प्रतिशत मत खस्यो

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भइरहेको जाजरकोटमा ११ बजेसम्म २२ प्रतिशत मत खसेको छ । जिल्लाका १ सय १६ वटा मतदान केन्द्रमा २२ देखि २५ प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिहान विहान ११ बजेसम्मको मतदानको रिपोर्ट अनुसार जिल्लामा २२ देखि २५ प्रतिशत मतदाताले आफ्नो मताधिकारको प्रयोग गरिसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताएका छन् ।

जाजरकोटमा ५९ वर्षको चुनावी इतिहास तोडिदै

जाजरकोटको इतिहासमा कसैले पनि संसदको निर्वाचनमा ५९ वर्षदेखि दोहोर्‍याएर चुनाव जितेका छैनन्। तर यस पटकको प्रतिनिधि सभा निर्वाचनमा भने यो इतिहास तोडिने निश्चित भएको छ।

निर्वाचन सामाग्री जाजरकोट पुग्यो

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सामाग्री जाजरकोटमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ९५ प्रतिशत निर्वाचन सामाग्रीहरु र २ लाख ८५ हजार मतपत्रहरु आएको छ।

जाजरकोटमा १ सय १६ मतदान केन्द्रका लागि तयारी तिव्र

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटमा एक सय १६ वटा मतदान केन्द्र कायम गरि निर्वाचनको तयारीलाइ तिव्र पारिएको छ।

जाजरकोटमा वाम गठबन्धनका तीन बागीद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर १० गते हुने  प्रतिनिधि सभा र   प्रदेश सभाको  निर्वाचनका लागि  वाम गठवन्धनको सहमति विपरित परेका उम्मेदवारीहरु फिर्ता भएका छन्।  एमाले माओवादीको कार्यदलले गरेकोे पुरानो सहमति फेरिएपछि  दुवै पार्टीका तर्फबाट परेका उम्मेदवारीहरु फिर्ता भएका हुन्।

जाजरकोटमा वाम गठवन्धन संकटमा, पूर्व गृहमन्त्री बस्नेतविरुद्ध बागी उम्मेदवार

केन्द्रमा शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ।

जाजरकोटमा बस दुर्घटना हुँदा एककाे मृत्यु, २९ घाइते

भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

जाजरकोट दरवार जीर्ण बन्दै

ऐतिहासिक जाजरकोट दरवार जीर्ण बन्दै गएको छ । दुई सय ५० वर्षअघि गोरखाका राजा पृथ्वीनारायण शाहका मीत हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

एमाले जाजरकोटले मतदानबाट उम्मेदवार टुंग्यायो

मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि एमाले जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारहरुको छनोट गरेको छ। किरब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया भएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकास घर्तीले बताए।

जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। जेष्ठ नागरिक संघ जाजरकोटको आयोजनामा एक कार्यक्रम गरि जिल्लाका ४० भन्दा बढीलाई विभिन्न बस्त्रहरु उपहार दिएर सम्मान गरिएको हो।

पृथ्वीनारायण शाहको खड्ग जाजरकोट दरवारमा

गोर्खाका राजा पृथ्वीनारायण शाहले २ सय ४९ वर्ष अघि जाजरकोटी राजा हरि शाहलाई उपहार स्वरुप दिएको खड्ग वुधबार जाजरकोट दरबारमा भित्रिएको छ।

जाजरकोटमा अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी

स्कटल्याण्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन्। ‘प्रोजेक्ट ट्रस्ट युके’ बाट स्वयंसेवकका रूपमा उनीहरू एक वर्षका लागि आएका हुन्।

पुल अभावले जाजरकोट यात्रा जोखिमपूर्ण

सरकारले खोलामा बनाउने भनिएका मोटरेवल पुल लामो समय सम्म नवन्दा  जाजरकोट जाने र जाजरकोटवाट बाहिर जाने यात्रुहरुलाई सास्ती हुने गरेको  छ ।

जाजरकोटमा ५ हजार मतदाता थपिए

जाजरकोटमा ५ हजार मतदाता थपिएका छन् , निर्वाचन आयोगले भदौ ३ गते सम्मको मितिमा संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ५ हजार तीन सय ९४ मतदाता थपिएका हुन्।

ड. केसीको सर्मथनमा जाजरकोटका डाक्टरहरूद्वारा सरकारी कक्ष बहिस्कार

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा जाजरकोटका चिकित्सकहरूले विहीबार सरकारी कक्ष  बहिस्कार गरेका छन् । डाक्टर केसीको माग प्रति सरकार उदासिन भएको भन्दै उनीहरूले अस्पतालको आँगनमा बसेर बिरामीको चेकजाँच गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्