१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जाजरकोटकाे खलंगामा सिसी टिभी जडान

जाजरकाेटकाे सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ।

जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

जाजरकोट दरबारको छेउमा फेला परेको बम नेपाली सेनाले  निस्क्रिय पारेको छ। द्वन्द्वका बेला नेपाली सेनाले बिछाएको बम शनिवार  सेनाले नै निस्क्रिय पारेको हो। जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबारमा द्वन्द्वका बेला सेनाको गुल्म बसेको र सुरक्षाका लागि दरबार छेउमा बिछाइएको बम शान्तिकालमा उठाएर लिन बिर्सिएको थियो।

जाजरकोटमा सात गुणा बढी वाथमुटु रोगी

विगतमा विभिन्न रोगका महामारीको पीडा भोग्दै आएको जाजरकोटमा वाथमुटु रोगको गम्भीर अवस्था भएका बालबालिकाहरु  अत्यधिक भएको तथ्य भेटिएको छ ।

किन बेहाल बन्दै छ जाजरकोट अस्पताल ?

जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पतालसहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ।

जाजरकोटमा ९ थान बन्दुक बरामद

जाजरकोटमा प्रहरीले ९ थान वन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ। जिल्लाको जुनीचाँदे गाउँपालिका ११ कोर्तांगमा स्थानीयको घरमा लुकाइरहेको अवस्थामा प्रहरीले उक्त हतियारहरु बरामद गरेको हो।

जाजरकोटमा आठ करोडको सुन्तला

सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष आठ करोड १६ लाख रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ । जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनअनुसार जिल्लाको कुल तीन सय ९२ हेक्टर जग्गामा लगाइएका बोटमा एक हजार ६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।

जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष ८ करोड १६ लाख बढीको सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जिल्लाको कुल ३ सय ९२ हेक्टर जग्गामा लगाइएका बोटहरुमा १६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।

सुन्तला जोन बन्दै जाजरकोट

सरकारले १० करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको हो । सरकारले गत वर्षदेखि सुरु गरेको उक्त परियोजना अन्तर्गत जाजरकोटका तीन क्षेत्रलार्ई समेटेर सुन्तला जोन बनाउन लागेको हो ।

सुन्तला जोन बन्दै  जाजरकोट

जाजरकोटलाई सरकारले सुन्तलाका लागि  आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ। १० करोड बढीको सुन्तला फल्ने जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत  सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको  हो।

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा डाक्टरसहितको औषधि टोली पुगेको छ ।

जाजरकोटका बिरामीको उपचारमा खटिए जुम्लाका चिकित्सक

दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।

जाजरकोटमा भाइरलको प्रकोप बढ्दै, थप दुईको मृत्यु

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जुनीचाँदेको वडा नम्बर १, २ र ३ लगायत अन्य वडामा फैलिएको भाइरलको प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जाजरकोटमा  भाइरल प्रकोप: थप दुईको मृत्यु, सात सयको उपचार, दुईहजार बढी विरामी

झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । भाइरल प्रभावित क्षेत्रमा  सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान  जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४वर्षिय लालवहादुर भन्डारीको   ज्वरो र पखालाको कारण ज्यान गएको छ भने  सोमवार  जुनीचाँदे गाउँपालिका २ मौगानका १ महिनाका  शिषुको  भाइरलको कारण ज्यान गएको  छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्