१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जाजरकोटका रोग प्रभावित क्षेत्रमा सेना, ४ सयको उपचार

जाजरकोटमा दुई सातादेखि फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणमा लिन स्वास्थ्यकर्मी र नेपाली सेना परिचालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले आइतबारसम्म जुनिचाँदे गाउँपालिकामा ४०० बिरामीको उपचार गरेको छ।

जाजरकोट अस्पतालमा औषधीको अभाव

चिसोका कारण जिल्लाका विभिन्न भागमा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला जाजरकोट अस्पतालमा भने औषधीको अभाव भएको छ। जिल्ला अस्पतालमा औषधी अभाव भएपछि विरामीहरुले पाउने निशुल्क औषधी पाउन छोडेका छन्।

जाजरकोटमा ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले ९ जनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन्। स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए। ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने, ‘स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी रहेको छ ।’

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को  मृत्यु

गत एक सातादेखि जाजरकाेटको विकट गाउँमा फैलिएको रुघाखोकी र भइरल ज्वरोका कारण  ५ बालबालिकासहित  ९ जनाको मृत्यु भएको छ।

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

पुस १२ गतेदेखि एक हप्तासम्म चल्ने जाजरकोट महोत्सव तथा रमाइलो मेलाको अवसरमा आकर्षक पुरस्कार राशिको भलिवल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले जाजरकोट महोत्सवका अवसरमा एक लाख पुरस्कार राशि राखेर प्रतियोगिताको आयोजना गर्न लागेको समितिका सदस्य सचिव जयराज आचार्यले बताए।

जाजरकोटमा समानुपातिक तर्फ  काँग्रेस पहिलो

गत मंसिर १० गते  भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्पm जाजरकोटमा नेपाली काँग्रेस पहिलो भएको छ। प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको काँग्रेसले  समानुपातिकमा भने प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा बढी  मत पाएको हो।

जाजरकोटमा ८ हजार मत बदर

मंसिर १० गते सम्पन्न चुनावमा जाजरकोटमा ८ हजार मत बदर भएको छ। मतदाता शिक्षाको अभावमा ७ हजार ९ सय ९८ मत बदर भएको हो ।

जाजरकोट प्रदेससभाका वाम गठबन्धनका उम्मेदवार विजयी

मंसिर १० गते पहिलो चरणमा भएको प्रदेश सभाको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार जाजरकोटका दुवै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

जाजरकोटमा वाम गठवन्धनको अग्रता कायमै

बिहीवार साँझ देखि सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुको मतगणनाको पछिल्लो मत गणना अनुसार जाजरकोटमा सुरु देखि अग्र स्थानमा रहेका वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ।

जाजरकोटमा राजीव शाहलाई पछि पार्दै शक्ति बस्नेतको अग्रता

जाजरकोटको पछिल्लो मतपरिणाममा बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शक्ति बस्नेतले अग्रता कायमै राखेका छन्।

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन्।

जाजरकोटमा शक्ति बस्नेतको अग्रता

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन भएको जाजरकोटको प्रारम्भिक मतपरिणाम आएको छ।

जाजरकोटमा मतगणना सुरु

पहिलो चरणमा मंसिर १० गते निर्वाचन सकिएको जाजरकोटमा सवा पाँच वजे देखि गणना सुरु भएको छ। प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाको लागि दुइ क्षेत्र रहेको जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुइ दुइ बाकसमा रहेका मतपत्रहरु मिसाएर गणना सुरु गरेको छ ।

जाजरकोटमा २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

आइतबार मतदान सकिएको जाजरकोटमा अहिले सम्म २५ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र सडक पहुँच नभएका कारण अन्य मतदान केन्द्रका मतपेटिकाहरु आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्