१८ असार २०८१ मंगलबार
image/svg+xml

विज्ञ भन्छन् - औचित्यहीन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन्। भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन्। नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध रहेका दुई मुलुकको भ्रमणबाट नेपाललाई खासै फाइदा नभए पनि प्रधानमन्त्रीले उच्च महत्व दिएको भन्दै विज्ञहरूले यसको औचित्यमाथि प्रश्न उठाएका हुन्।

भियतनामी नेता होचिमिन्हबाट प्रभावित छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताएका छन्। प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले मंगलवार गरेकाे शिष्टाचार भेटमा प्रधानमन्त्रीले आफूले नेता होचिमिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको स्मरण गरे।

ट्रम्प र किमबीच भियतनाममा वार्ता सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता भियतनाममा शुरू भएको छ। राजधानी हनोईमा भएको भेटमा दुवै नेताले दुई देशका झण्डा अगाडि उभिएर हात मिलाउँदै फोटो सेसन गराए। फोटो खिचाउँदै ट्रम्पले वार्ता सफल हुनेमा आशावादी रहेको धारणा राखेका थिए। त्यसको जवाफमा किमले भने, ‘हामी अनेकौं अवरोध पार गरेर आएका छौं। त्यसैले यहाँ छौं।’ ‘अध्यक्ष किमसँग यहाँ हुनु र भियतनाममा सँगै हुनु गर्विलो क्षण हो’, प्रतिउत्तरमा ट्रम्पले भनेका थिए।

ट्रम्प र किम भियतनाममा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति मंगलबार साँझ भियतनाम पुगेका छन्।

शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति मंगलबार साँझ भियतनाम आइपुगेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ।

भियतनाममा किमका लागि कडा सुरक्षा, रेलसेवा बन्द

उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन्। उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ।

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। उनी रेल चढेर भियतनाम गएका अधिकारीले आइतबार जनाएका हुन्।

किम र ट्रम्पको नक्कल गर्ने पक्राउ

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेको छ। किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हरियो रेल चढेर भियतनाम हिँडे किमः ४ हजार किमि यात्रा, ३ दिनपछि हनोई पुग्ने

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन  भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुन उनी हरियो रेलमा चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन्।

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा फ्रेवअरी २७ र २८ मा दोस्रो भेटवार्ता हुने भएको छ।

व्यापार सम्झौता अनुमोदन

भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ।

भियतनामी राष्ट्रपति ट्रान दाई क्वाङको निधन

भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

भियतनामविरुद्ध जितको लक्ष्य

एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपालले समूह ‘डी’को दोस्रो खेलमा बिहीबार भियतनामको सामना गर्दा जितका साथ अन्तिम १६ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।

भियतनाममा बाढीमा परी २१ जनाको मृत्यु

मध्य र उत्तरी भियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको सरकारी अधिकारीहरुले बताएका छन्।

किमलाई भियतनामको उदाहरण पछ्याउन आग्रह

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई भियतनामको उदाहरण पछ्याउन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्