२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हरियो रेल चढेर भियतनाम हिँडे किमः ४ हजार किमि यात्रा, ३ दिनपछि हनोई पुग्ने

प्योङयाङ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन  भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुन उनी हरियो रेलमा चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन्। 

ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक गर्ने तय भएको छ। उनीहरुबीचको पहिलो शिखर बैठक गत बर्षको जुनमा सिङ्गापुरमा भएको थियो। भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्नेगरी हनोई गएका हुन्।

किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी छन्। किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्ने छन्।

प्रकाशित: १२ फाल्गुन २०७५ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App