२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल र इयूको संयुक्त बैठक सुरु

नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु भएको छ। हरेक २ वर्षको अन्तरालमा हुने यो बैठक यो वर्ष काठमाडौमा भएको हो। बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास वैरागीले गरेका छन् भने युरोपेली संघको तर्फबाट एशिया–प्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारले डाक्याे मन्त्रिपरिषद् बैठक

राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्नका लागि सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

कांग्रेस पदाधिकारी बैठक आज

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ।

उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेस पदाधिकारी बैठक

नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो।

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्।

नेकपा सचिवालय बैठक सम्पन्न, प्रदेश कमिटीलाई दियो निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले यस्ताे निर्देशन दिएकाे हाे।

अर्घाखाँची र गुल्मीको सुरक्षा निकायबीच संयुक्त बैठक

अर्घाखाँची र गुल्मीको सुरक्षा निकायबीच संयुक्त बैठक बसेको छ। अर्घाखाँची जिल्ला सुरक्षा समिति र गुल्मी जिल्ला सुरक्षा समितिको दुई पक्षिय बैठकमा जिल्लाको सिमानामा हुने अपराधिक क्रियाकलाप बारे छलफल भएको छ।

महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव

बैठकले महरालाई सभामुख र संसद् दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिने निर्णय गरेको श्रेष्ठले बताए।

व्यापार सन्धिमा पुनरावलोकन गर्न नेपालको संशोधन प्रस्ताव

नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घ्युउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ। नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी  वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्