काठमाडौं – आकस्मिकरुपमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ। बैठकले महिला कर्मचारीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
प्रकाशित: १४ आश्विन २०७६ ०६:५८ मंगलबार