१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मेडिकल काउन्सिलको परीक्षामा ४२ प्रतिशत मात्र उत्तीर्ण

काउन्सिलले चार/चार महिनामा संचालन गर्ने लाइसेन्स परीक्षामा ३०–४० प्रतिशतको हाराहारीमा मात्र पेसा गर्न डक्टरहरु योग्य हुने गरेको तथ्याँक सार्वजनिक गरेको छ।

काँग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली काँग्रेस भित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका हुन्।

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

कोका-कोला नेपाल र सन्तोष शाहको रेसिपी

कोका-कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंंलक्षित ५ वटा विशेष रेसिपीहरू तयार गरेको छ।

नेपाली युवा टोलीमा दुई नयाँ अनुहार

असोज १९ गतेबाट भियतनाममा हुने यु-१७ एसियन कप छनोट २०२३ खेल्ने नेपाली युवा टोलीको घोषणा हुँदा दुई नयाँ अनुहार समेटिएका छन्।

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

ठूला विकास आयोजनामा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृतिः मन्त्री भुसाल

उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन्। मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर वृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन्।

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैँ पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ। पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसैँ मनाइन्थ्यो। अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैँ दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन्। रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैँको आभाष हुने गरेको थियो।

यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’

वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

'नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक छ'

‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो। नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए। क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन। मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं। त्यसमा पनि राजनीतिक गर्छौं। नेताहरुले किसानको कुरा गरेर भोटको राजनीति गर्नुहुन्छ। सबैले त्यही गरिरहेका छाैँ। अब सबै जनतालाई मुलुक समृद्ध बनाउन आर्थिक क्रान्ति गर्नेतर्फ समेत गराउनुपर्छ।’

काँग्रेसको टिकट वितरणमा न्याय भएन: नेता शिवाकाेटी

बिहीबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताएका छन्।

'बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायी आत्तिनुपर्दैन'

‘समय सधैँ एकै किसिमको बस्दैन। कोरोनाको अढाई वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ। अमेरिकाको फेडरिर्जभ बैंक, भारतीय रिर्जभ बैंक, बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्टे«लियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तराष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ। त्यो एक किसिमको ट्रेण्ड हो ट्रेन तलमाथि भइरहन्छ।'

काँग्रेस नेता परियारको दाबी: एमालेलाई हराउने तागत गठबन्धनमा छैन

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको उनले आरोप लगाए।

कोइराला पक्षको चियापान कार्यक्रममा गगनदेखि चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी

बिहीबार काठमाडौँकाे एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्