६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘नेपालसँग श्रम समझदारी नभए मलेसियाले सुरक्षा गार्डको विकल्प खोज्छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध संस्था (भिएलएन, आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि विगत तीन महिनादेखि मलेसियाको रोजगारी ठप्प छ।

एसिया कप छनोटः नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एसिया कप छनोटः नेपाल ओमानसँग भिड्दै, भारतसँग खेल्ने लक्ष्य

भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ओमानविरुद्धको खेलबाट एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्दै छ।

मलेसियाले पठायो श्रम समझदारीको मस्यौदा

विगतमा नेपालले गरेका कैयौं प्रयासलाई बेवास्ता गर्दै आएको मलेसियाले यसपटक भने आफैं श्रम समझदारी (एमओयु) को मस्यौदा पठाएको छ।

चिनियाँ लगानीका तीन ठूला परियोजना रद्द

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले करिब २२ अर्ब अमेरिकी डलरबराबरको चिनियाँ लगानीका तीनवटा परियोजना रद्द गर्ने विषय जानकारी गराएका छन्।

महाथिरले चीनसँग मागे अार्थिक सहयोग

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन्। मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनियाँ सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उनले अनुरोध गरेका छन्।

मलेसियामा नेपाली कामदार अापूर्ति गर्न छिट्टै सम्झौता

मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्।

चिनियाँ सम्झौता तोड्दै महाथिर

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन्। अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्।

मलेसियाली पूर्व प्रम रजाकलाई कालो धन थुपारेको आरोप

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ। मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए।

मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्।

मलेसिया रोजगारीमा को पछाडि हट्ने ?

कामदार आवश्यकता र रोजगारीको सुविधामा एकले अर्को मुलुकको (मलेसिया र नेपाल) विकल्प नदेख्दा नदेख्दै दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी सुरु हुने मिति अझै यकिन भइसकेको छैन।

मलेसियामा एक नेपालीको ज्यान गयो

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

मलेसियामा उदयपुरे युवाद्वारा आत्महत्या

उदयपुरका एक युवाले मलेसियामा आत्महत्या गरेका छन्। वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि मलेसियामा कार्यरत ताप्ली गाउँपालिका ३ इनामेका २५ वर्षीय दिलबहादुर तामाङले कम्पनीदेखि केही टाढा जंगलमा झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्