१९ आश्विन २०८१ शनिबार
image/svg+xml

हनुमानढोकामा लिङ्गो ठड्याइयो : इन्द्रजात्रा शुरु

यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परा अनुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ। नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ।

हनुमानढोका–स्वयम्भू पदयात्राको गुरुयोजना तयार

काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू स्तुपासम्मको पैदयात्राको गुरुयोजना सार्वजनिक गरेको छ।

न्युरोडको महर्जन कम्प्लेक्स डोजर लगाएर भत्काउ : माधवकुमार नेपाल

कुनै शक्तिको आडमा बिना रोकावट महर्जन कम्प्लेक्स निर्माण भइरहेको छ। त्यस्तै सम्पदाको संरक्षण गर्ने काठमाडौं महानगरपालिका हनुमान ढोकाको मौलिकता बचाउन अग्रसर हुनु पर्नेमा व्यापारिक इशारामा चलिरहेको छ।

स्थानीय सहभागितामा आगम्छे पुनर्निर्माण

हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका हुन्।

वसन्त ऋतु डाक्ने पर्व

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार वसन्त पञ्चमीको अवसर पारेर बसन्तपुर पुगिन्। हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्याल अभिषेकको हातबाट उनले टीका, माला र फूलप्रसाद ग्रहण गरिन्। परम्परादेखि चलिआएको वसन्त पञ्चमीमा राष्ट्राध्यक्ष एवं सरकार प्रमुख उपस्थित हुन्छन्। सोही परम्परालाई आत्मसाथ गर्दै राष्ट्रपतिलाई त्यहाँ उपस्थित गराइएको हो। सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मान गरिएको थियो। किंवदन्ती अनुसार श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा उनकी प्रेमिका राधा लागेकी थिइन्। राधाको साथमा उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएको मान्यता छ। सो क्रममा कृष्ण भगवान्को आराधना समेत गरेको गरेको धार्मिक प्रसंग छ।

हनुमानढोका परिसरका फुटपाथ पसल हटाइए

वसन्तपुर क्षेत्रको समस्या समाधानका लागि बनाइएको गठित कार्यदलले हनुमानढोका वरिपरि राखिएको अव्यवस्थित फुटपाथका पसल बुधबार हटाएको छ। फुटपाथले गर्दा सवारी जाम, पर्यटकलाई सास्ती जस्ता समस्या आएपछि पसलहरू हटाइएको हो।

‘हनुमानढोका क्षेत्रभित्र ३५ फिटमाथि घर नबनाऊ’

सर्वोच्च अदालतले हनुमानढोका संरक्षित स्मारक क्षेत्रभित्र भवन बनाउँदा जमिनमुनिको तला(बेसमेन्ट)को नक्सा स्वीकृति नदिन निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्व सम्पदाभित्र रहेको हनुमानढोका क्षेत्रभित्र ३५ फिट भन्दामाथि भवन बनाउन नपाइनेगरी आदेश गरेको हो।

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन्।

पितृ मोक्षको लागि ‘उपाकु वनेगु’

काठमाडौं हनुमानढोका परिसरमा गत शुक्रबार बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ।

हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ।  विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो।

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा- गोरखा दरबारको दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

जोखिम मोलेरै हनुमानढोका दरबार खुला

नेपालको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको राजधानीको मुटुस्थित हनुमानढोका दरबार सर्वसाधारणको घुमफिरका लागि खुला गरिएको छ। २०७२ वैशाख १२ को महाभूकम्पले भत्किएर अलपत्र परेको दरबार क्षेत्रका केही क्षेत्र एक वर्ष ३ महिनापछि जोखिम मोलेरै सर्वसाधारणका लागि खुला गरिएको हो। वसन्तपुुर दरबारका नामले पनि चिनिने यो क्षेत्र विश्वसम्पदा सूचीमा समेत सूचीकृत छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्