१० मंसिर २०८१ सोमबार
image/svg+xml

६ वर्षमा पनि बनेन टेलिकमको भवन

क्षेत्रीय निर्देशनालयले काममा लापरबाही गर्ने यस्तो निर्माण कम्पनीलाई समय थप गर्न नसकिने भन्दै वैकल्पिक उपाय अपनाउन लागिएको जनाएको छ।

धादिङमा दुई सवारी ठोक्किदा १८ घाइते

कालुपान्डे मार्ग अन्तगत धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ डुम्रेखोला नजिकै दुई सवारी एक आपसमा ठोक्किदा १८ जना घाइते भएका छन्।

धादिङमा अवैध लागुऔषध सहित दुई जना पक्राउ

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुबाट प्रहरीले अबैध लागुऔषध गाँजासहित दुुई जनालाई पक्राउ गरेको छ। मलेखुबाट ताल्ती जाने कच्ची सडकमा खटिएको प्रहरी टोलीले ७ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो।

हराएका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा

विभिन्न कारणले हराएका धादिङका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले चलाएको ‘हराएको व्यक्तिहरुको खोजतलास विशेष अभियान’ अन्तर्गत परिवारको सम्पर्कमा आएका हुन्।

बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन्।

भाइरल बनेकी ११ वर्षीय कमला को हुन्?

दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ।

झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने दुई जना पक्राउ

प्रहरीले झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङ का (साविकको जोगीमारा गाविस वडा नं ५) बुद्धि बहादुर प्रजा र अर्का एक जना झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले जानकारी दिए।

आगो लगाई श्रीमती र छोराको ज्यान मार्ने प्रयास

धादिङमा श्रीमानले आगो लगाई श्रीमती र छोराको ज्यान मार्ने प्रयास गरेका छन्। जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं १ धारापानीकी २५ वर्षीय बिमला दराइ लम्साल र उनका दुई वर्षीय छोरा जेनिस लम्साललाई सोमबार राती श्रीमान २८ वर्षीय गणेश लम्सालले ज्यान मार्ने प्रयास गरेका हुन्।

बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

ज्वालामुखी गाउँपालिका–३ अमराईमा बोलेरो जीप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम धादिङबेसीबाट ज्वालामुखीको मैदी जाँदै गरेको बा १३ च ५२३० नम्वरको रातो नम्वर प्लेटको निजी बोलेरो जीप मंगलबार दुर्घटना भएको हो।

धादिङमा व्यावसायिक चियाखेती सुरु

धादिङ जिल्लामा पहिलो पटक व्यावसायिक चियाखेती सुरु गरिएको छ। जिल्लाको नीलकण्ठ नगरपालिका–९ निगालपानीका किसानले चियाखेती गरेका हुन्।

विभिन्न घटनामा पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले विभिन्न घटनामा पाँच जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्यादुलबाट तीन किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ जाँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लागु औषध भेटिएको प्रहरीले जानकारी दिए।

पहिरोले घर भत्किँदा बालिकाको मृत्यु

अविरल वर्षासँगै गएको पहिरोले घर भत्किँदा शुक्रबार धादिङमा बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किँदा उनको ८ वर्षीया छोरी अस्मिता तामाङको मृत्यु भएको हो।

धादिङमा वडा सदस्यमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ८ का वडा सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ। बेनिघाट रोराङको गोठीभञ्ज्याङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको बेला चेपाङमाथि गोली प्रहार भएको हो।

धादिङमा दुर्घटना हुँदा दुईको मृत्यु, ६ गम्भीर घाइते

धादिङको बेनिघाटमा आइतबार बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा दुईजनाको मृत्यु, ३० जना घाइते र ६ जना गम्भीर छन्।

धादिङका ५ स्थानीय तहले ल्याएनन् बजेट

धादिङको पाँच स्थानीय तहले तोकिएको मिति असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्