१ मंसिर २०८१ शनिबार
image/svg+xml

पोखरा विमानस्थलको नाफा बर्सेनि बढ्दै

यात्रुको चाँप र हवाइ जहाजको उडान थपिँदै जाँदा पोखरा विमानस्थलले हरेक वर्ष नाफा कमाउने गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा पोखरा विमानस्थलले झन्डै साढे नौ करोड रुपैयाँ कमाइ गरेको थियो। विमानस्थलको उक्त आर्थिक वर्षको खर्च भने जम्मा चार करोड रुपैयाँ थियो। खर्च कटाउँदा पनि झन्डै साढे पाँच करोड रुपैयाँ विमानस्थलले नाफा कमाएको छ।

फेवाताल बचाउन पहल

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो।

थापाको जित निरन्तर

नेपाली उमेरसमूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जित शृंखला दाहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे।

कात्तिक २६ बाट पिपिएल

क्वेस्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण कात्तिक २६ गतेबाट सुरु हुने भएको छ। कात्तिक २६ देखि मंसिर ७ सम्म चल्ने प्रतियोगिताका खेल पोखरा क्रिकेट रंगशालामा आयोजना हुने बताइएको छ।

पूर्वेलीलाई पोखरा घुम्ने निम्तो

चाँडबाँडको बिदा सदुपयोग गर्दै पोखरा घुम्न आउनु भन्दै यहाँका पर्यटन व्यवसायीले पूर्व क्षेत्रका आन्तरिक पाहुनालाई निम्ता गरेका छन्। गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेकाले आन्तरिक पाहुनालाई पहिलो प्राथमिकता दिएर घुम्न बोलाएको यहाँका व्यवसायीले बताए।

पोखरामा दुईको मृत्यु

पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ। पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

झरनामा ‘अक्षर यात्रा’

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल मन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गरिने ‘अक्षर यात्रा’को १६९ सृङ्खला पोखरा उपत्यकाको घले गाउँमा भएको छ। पैंतालिस मिटर अग्लो झरनाको छेउमा पोखरा क्यानोनिङका प्रमुख राम गुरुङले कविहरूको स्वागत गरेका थिए।

पोखरामा ‘स्पोर्टस क्यासल सञ्चालन

पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा भएको छ।

पोखरामा यस्तो भो हेरिटेज फेसन सो (फोटो फिचर)

पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामक फेसन सो भएको छ। पोखरा ग्राण्डमा भएको फेसन सो मा नेपालमा नेपालका टप मोडलहरु र्‍याम्पमा उत्रेका थिए।

फुटबल प्रशिक्षण मैदानको स्तरोन्नति

‘एक करोडसम्मलाई टेन्डर आह्वान गर्नुपर्छ। टेन्डर गर्दा ढिला हुन्छ। त्यसैले दुई किस्तामा रकम उपलब्ध गराएर ग्राउन्डसहित चेन्जिङ रुम बनाउँछौं। ’

पोखरा–मुग्लिन सडक चार लेन बन्दै

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ। पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो।

विजयपुरमा दुई लेनको बेलिब्रिज

पोखरा प्रवेशको मूल नाका विजयपुर खोलामा दुई लेनको बेलिब्रिज सञ्चालनमा ल्याइएको छ। खोलामा एक दशकअघि बनाएको पक्की पुल कमजोर भएपछि सवारी आउजाउ सहज बनाउन बेलिब्रिज राखिएको हो।

पोखरामा बोलबमको रौनक (फोटो फिचर)

साउनको सोमबार पोखरामा जल यात्रा भजनकीर्तन सहित बोलबम सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकी गाइघाटबाट जलयात्रा शुरु गरि पोखरा वैदाममा रहेको केदारेश्वर महादेवको मन्दिरमा पुगि जल यात्रा समपन्न भएको हो। प्रत्येक वर्ष साउनको सोमबार बोल वम मनाउने गरिन्छ।

भारतीयलाई पोखरा घुम्ने ‘निम्तो’

पश्चिमाञ्चल होटल संघले केही दिनअघि भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ अभियान चलायो। भारतीय पाहुनालाई पोखरा घुम्न आउन निम्तो दिँदै संघले सन् २०१२ देखि भारतका फरकफरक सहरमा बर्सेनि यस्तै अभियान चलाउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्