२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्यालयमा पढाउँदै ट्राफिक प्रहरी !

ट्राफिक प्रहरी भन्ने वितिकै सडकमा गाडी चेकजाँच गर्ने, सडकमा सवारीको व्यवस्थापन गर्ने बुझिन्छ। तर पछिल्लो समय ट्राफिकको परिचय यतिमै सिमित छैन्। आफूलाई थप परिस्कृत गर्दै विद्यार्थीलाई ‘क्लास’ दिने काम पनि ट्राफिक प्रहरीबाट भइरहेको छ।

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन्।

रुकुमको सानीभेरीमा पहिलो पटक नगर प्रहरी

रुकुमको सानीभेरी गाउँपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको छ। गाउँपालिकाले पारिश्रमिक दिने गरी पाँच जना नगर प्रहरी नियुक्त गरिएको हो।

वालबिवाह हुनबाट जोगायो प्रहरीले

सानीभेरी गाउँपालिका वडा नं. ७ स्थित जैधुनेमा प्रहरीले एक जोडिलाई बालबिवाह हुनबाट जोगाएको छ। प्रहरीले बिबाह मण्डपबाटै केटा केटीलाई प्रक्राउ गरी बालबिवाह हुनबाट जोगाएको हो ।

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास हुने भएको छ। भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग लगानी बोर्डले २०७१ मंसिरमा निर्माण सम्झौता गरेपनि औपचारिक शिलान्यास भएको छैन्। सतलजसँग आयोजना विकास सम्झौता (पीडीए) भएको ४ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास गर्ने अवसर जुटेको हो।

स्थानीयवासीद्वारा महानगरीय प्रहरी वृत्त घेराउ

मध्यपुर थिमिका स्थानीयवासीले महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् ।  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै बुधबार स्थानीयले प्रहरी वृत थिमि घेराउ गरेका हुन्।

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु, एक घाइते

दाङमा माेटरसाइकल दुर्घटना हुँदा बुधबार एक  प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना भएकाे हो ।

एसपी खनाल प्रहरी नियन्त्रणमा

३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।

तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी

कार्तिक अन्त्यतिर चिसो छल्न स्थानीयवासी वेसी झरेसंगै सदरमुकाम फर्किएको मुगु गाउँमा रहेको सीमा सुरक्षा प्रहरी सोमबार फर्किएको छ।

सैनिक पत्नीलार्इ प्रहरीका सर्इले एसिड छ्यापेपछि...

ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन्। पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ।

प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव

प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ। कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो।

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ।

प्रहरीको उपस्थितिमा मात्र पेट्रोलियम पदार्थ बिक्री

दक्षिण रौतहटका पेट्रोल पम्पहरुमा प्रहरीको उपस्थितिमा मात्र विहीवार पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको छ। रौतहटको दक्षिणी भेगका पेट्रोल पम्पहरुबाट भारततर्फ व्यापक मात्रामा तस्करी हुन थालेपछि रौतहटका प्रमुख जिल्ला अधिकारीको मौखिक आदेशमा पाँच दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको बिक्री विहीबारदेखि प्रहरीको निगरानीमा खुल्ला गरिएको छ।

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुरका एक प्रधानाध्यापक प्रहरीको नगद रकम चोरी आरोपमा पक्राउ परेका छन्। सोमबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बाल विवाह गर्ने जोडीलाई प्रहरीले रुँदारुँदै बिछोड गरायो

“म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ। मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ...बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा आइतबार निकै बिलौना गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्