२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पुयार्‍उने घोषणा गरेका छन्।

लन्डनमा हुने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ।

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि कुल आचार्यले उम्मेद्वारी दिने भएका छन्।

प्रधानमन्त्रीसँग गैरआवासीय नेपालीको माग

प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ।

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ

गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका हुन्। यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनले बताए।

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्याे

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।

गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन विभेद नगरिने

नेपालका सांसद तथा पूर्व मन्त्रीले संविधानले तोकेको अधिकार प्राप्त गर्नमा गैर आवासीय नेपालीहरुलाई कुनै बाधा नरहेको जनाएका छन्।

कोभिड–१९ बाट विदेशमा थप ४ जनाको निधन

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

कोरोनाबाट विदेशमा थप एक नेपालीको निधन

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो।

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३ सय ४१ पुग्यो

सङ्घ का अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ , बेलायतमा ८६ र यूएइमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन्। शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९ सय ८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार ६ सय २८ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा बस्ने यो साता एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघकाअनुसार यो साता बेलायतमा बस्ने १ जनाको संक्रमणबाट मृत्यु भएको हो। योसहित २१ विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्