२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन्।

तयार हुँदै कोटेश्वर–कलंकी सडक र अन्डरपास

उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी । जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ ।

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

कोटेश्वरबाट दुई पेस्तोलसहित एक पक्राउ

काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो ।

कोटेश्वरका किरियापुत्री शर्माले मतदान केन्द्रमा व्यक्त गरे यस्तो आशा (भिडियो)

मुलुकमा नयाँ संविधानअनुसार प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन भइरहँदा कोटेश्वरका हरिप्रसाद शर्मा आमाको मृत्युमा किरिया बसिरहेका थिए। बिहीबार उनी सेतो लुगामै कोटेश्वर बहुमुखी क्याम्पसस्थित मतदान केन्द्र पुगे।

सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी

सुर्खेतको वीरेन्द्रनगरस्थित कोटेश्वर टायर रिसोलिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहीबार बिहान पाँच बजेतिर भएको आगलागी नियन्त्रणमा आएको छैन।

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माण गरिने

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माणको कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने भएको छ। आर्थिक वर्षक २०७३/२०७४ को बजेट भाषण गर्दै अर्थमन्त्री अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणको अवधारणा ल्याएका हुन्।

कोटेश्वर सडक बेहाल

कोटेश्वरको मुख्य चोकमा खानेपानीको पाइप फुटेर सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पाइप फुटेको महिनौं भइसक्यौ, जसले गर्दा ठूलो सँख्यामा सवारीसाधन तथा बटुवाको आवातजावात हुने सडकमा दिनहुँ सवारी फस्ने समस्या देखिएको छ । कोटेश्वर चोक यति बेला हिलाम्मे पानीले जलमग्न भएको छ ।

'कछुवा गति'मा कंलकी-कोटेश्वर सडक विस्तार

अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस्? कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ। मूल सडक भत्काउने काम चलिरहन्छ  तर बनाउने टुंगो हुँदैन्। समस्या यहींनेर छ।

कोटेश्वरको झेलुङ्गे पुलमुनि महिलाको शव भेटियो

कोटेश्वरस्थित झोलुङ्गे पुलमुनि एक महिलाको मृत शव फेला परेका छन्। प्रहरीले मृतक व्यक्ति सोही क्षेत्रमा माग्दै हिँड्ने ४० वर्षीया भएको जनाएको छ।

कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा स्थानीय हैरान

बिरामी छोरीलाई जचाउन पाटन अस्पताल लैजान लाग्नुभएकी जडीबुटीकी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा परिन्। कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश रानाले भने, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यलय पुग्छु’ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्