१४ आश्विन २०८१ सोमबार
image/svg+xml

तेस्रोपटक म्याद गुज्रिँदा पनि पुल अधुरै

तेस्रो पल्ट थप भएको म्याद गुजिँरदा समेत खोटाङको रेग्मीटारस्थित साप्सु खोला पुल निर्माण सम्पन्न हुन सकेको छैन। सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने उक्त पुलको तेस्रो पल्ट थपिएको म्याद गत मंसिरमै सकिएको छ।

एउटा बाँदर समाते दुई हजार

खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्याउने तयारी गरिएको छ। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप पारेर हैरान बनाएपछि बाँदरलाई भारतीय पेसेवर सिकारीको सहयोगमा समातेर राष्ट्रिय निकुञ्जमा लगी छाड्ने तयारी थालिएको हो।

वन र खेत मासेर सडक नबनाउन भन्दै निवेदन

खोटाङको बराहपोखरी गाउँपालिका–१ वडा कार्यालयले सामुदायिक वन तथा खेतीयोग्य जमिनलाई क्षति पुर्‍याएर सडक निर्माण गरेको भन्दै खोटेहाङ गाउँपालिका–७, लिच्किराम्चे कालापानीका बासिन्दाले विरोध गरेका छन्। यसरी क्षति पुर्‍याएर बराहपोखरी–रुम्दु–अजिंगरे सडक निर्माण सुरु गरिएको भन्दै विरोध भएको हो।

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्मो वाङचुकले खोटाङको त्रि–धार्मिकस्थलको दर्शन गरेकी छन्। एक साता लामो नेपाल भ्रमणका क्रममा मुमा बडामहारानी वाङचुकले यहाँस्थित हेलसी महादेव मन्दिरमा पूजापाठ गरेकी हुन्।

खोटाङमा ‘बाँदर धपाऊ’ अभियान

बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन्। बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण केपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मीलगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर उक्त अभियान थालेका हुन्।

दूधकोसी जलविद्युत् आयोजनाको अवरोध हट्यो

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएको छ। धितुङका स्थानीय र आयोजनाबीच सोमबार तीनबुँदे सहमति भएपछि आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो।

लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र

माघ तेश्रो साता खोटाङको जालपामा हुने आठौं लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरीको बंशिलाघाटतर्फ जाँदै गरेको को २ त ६१७४ नम्बरको ट्याक्टर पल्टिँदा उदयपुर चौदण्डीगढी नगरपालिका ७ का २२ वर्षीय टंक श्रेष्ठको मृत्यु भएको हो। उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए।

दिक्तेलमा नक्कली भूकम्प !

गैरी गाउँका स्थानीय आ–आफ्नै काममा व्यस्त थिए। अचानक भूकम्प आउँदा गैरी गाउँका स्थानीयको जनजीवन एकाएक तहसनहस बन्न पुग्यो। कमजोर संरचनाका कारण केहीले ज्यान गुमाए, दर्जनौं घाईते भए। खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बुधबार देखिएको यो घट्ना यतार्थ भने होईन।

खोटाङमा स्वास्थ्य शिविर

स्वास्थ्य मन्त्रालयले खोटाङका विभिन्न स्थानमा स्वास्थ्य शिविर सुरु गरेको छ। सुविधासम्पन्न अस्पतालमा गएर उपचार गर्न नसक्ने सर्वसाधारणलाई लक्ष्य गरी मन्त्रालयले जालपाबाट विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सुरु गरेको हो। क्रमशः जिल्लाका नौ स्थानमा शिविर सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।

आर्थिक अनियमितता भएको भन्दै वडाध्यक्ष विरुद्ध प्रशासनमा निवेदन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्षमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।

अन्तरमावि फुटबल शुक्रबारदेखि

खोटाङमा शुक्रबारदेखि दोस्रो अन्तरमावि छात्र फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आयोजक खोटाङ फुटबल एकेडेमीले बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

निर्माणाधीन कार्यालय भवन गाउँपालिका प्रमुखले कोदालोले भत्काए

खोटाङको रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहिन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौलाले भत्काएका छन्।

स्वास्थ्यचौकी भवन निर्माण अलपत्र

खोटाङको साकेला गाउँपालिका–३, खिदिमामा निर्माणाधीन स्वास्थ्यचौकीको भवन अलपत्र परेको छ। एक करोड ४९ लाख २६ हजार रुपैयाँ लागतमा ठेकेदार कम्पनी सूर्य कन्ट्रक्सन फर्म प्रालि(वीरेन्द्रनगर, सुर्खेत)ले जिम्मा लिएको उक्त भवन निर्माण अलपत्र परेको हो।

बनमा लागेको डढेलो नियन्त्रण बाहिर

खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायीक बनमा बुधबार दिउँसो १ बजेदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्