२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्।

चिनियाँ राजदूतले भेटिन माधव नेपाल, के भयाे कुराकानी ?

नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

नेपालमा होण्डाको ५० वर्ष पूरा : ‘५० दिनमा ५० तोला सुन’ योजना सार्वजनिक

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ५० वर्ष पूरा गरेको छ। वैशाख ६ गते होटेल याक एण्ड यतिमा एक कार्यक्रममार्फत नेपालमा आफ्नो ५० वर्ष पूरा गरेको उत्सव भव्यताका साथ मनाएको हो।

नेपालको सेमिफाइनल सम्भावना

नेपाली भलिबल टोलीले आइतबार माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित बनाएको छ।

नेपालीमुलका अमेरिकी अर्थशास्त्री पाठकलाई जोन विट्स क्लार्क पुरस्कार

नेपालीमुलका अमेरिकन डा. प्रयाग पाठक 'बेबी नोबल' भनेर चिनिने जोन विट्स क्लार्क अवार्ड २०१८ बाट पुरस्कृत भएका छन्। अमेरिकन इकोनोमिक्स एसोसियनद्धारा अमेरिकामा ४० वर्ष भन्दा कम उमेर समूहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई प्रदान गरिने यस पुरस्कारका लागि डा पाठक शुक्रबार छनौट भएको घोषणा गरिएको हो।

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह भएर नेपालका लागि आउने मालसामानले पूरा गर्नुपर्ने भन्सार औपचारिकता हटाउने प्रक्रिया सुरु भएको छ। ट्रान्जिट भएर आवागमन हुने मालसामानको भन्सार प्रक्रिया सम्बन्धित देशको सीमामा मात्र हुने अन्तर्राष्ट्रिय अभ्यास छ।

माइभ्याली गोल्डकपः नेपाल पुलिस क्लब र दुर्गापुर स्टिल क्लब भारत भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) विभागीय टिम नेपाल पुलिस क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालका रविनलाई स्वर्ण

ओलम्पियन फूपूल्यामु खत्री भारतकी सुनिबाला देवीसँग पराजित हुँदा नेपालका रविन श्रेष्ठले नेपालका लागि आठौं दक्षिण एसियन जुडो च्याम्पियसिप प्रतियोगिता अन्तर्गत १ सय केजी मुनी तौल समूहमा शनिबार स्वर्ण पदक जितेका छन्।

नेपाल बंगलादेशसँग पराजित

लामो समयको तयारीका साथ बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि बंगलादेश पुगेको नेपाली टोली शनिबार पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको छ।

करातेमा नेपाललाई ३ स्वर्ण

अस्ट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको सिडनी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

भारतीय प्रधानमन्त्री वैशाखको अन्तिम साता  नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाखको अन्तिम साता नेपाल आउने भएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार मोदी वैशाख १८ गते नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले काठमाडौँ र जनकपुरको भ्रमण गर्नेछन्।

बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. अधिकारी

लायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. कृष्ण अधिकारी निर्वाचित भएका छन्। आगामी ४ बर्षको लागि अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भए।

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।

‘हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएकोे बताएका छन्।

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्