६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको मृत्यु

जुम्लाको विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ।

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो।

रेडपान्डाको बासस्थान सङ्कटमा

जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ।

जुम्लामा कालो बजारी रोक्न स्थानीय प्रशासनलाई नेपाल कम्युनिष्ट पार्टीको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी जुम्लाले प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गराएको छ। जिल्ला ईन्चार्ज बिर्खबहादुर शाही (प्रभाजित) र सेक्रेटेरी शक्त सिहं रोकाया (सफल) द्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो।

चर्को व्याजदर फिर्ता हुनुपर्ने माग राख्दै जुम्ला उद्योग बाणिज्य संघले बुझायो प्रशासनलाई ज्ञापनपत्र

व्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य संघ जुम्लाले जिल्ला प्रशासनलाई ज्ञापनपत्र पेश गरेको छ। बाणिज्य संघले चार वटा माग राखेर ज्ञापनपत्र पेश गरेको हो।

तातोपानी धारामा नुहाउन आउनेको घुइँचो

पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ ।

जुम्लामा आगलागीबाट घर जलेर नष्ट

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ। बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ। तर प्रहरीलाई विहान ६ बजे मात्रै खबर भएको थियो।

भिरबाट लडेर एक महिलाको मृत्यु

खेतबारीमा मल पुर्‍याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। स्थानीय मोतिराम बुढाका अनुसार उनी झण्डै ३ सय मिटर तलसम्म लडेकी हुन्। ललिताका एक छोरा र एक छोरी छन्।

जुम्ला २ 'ख' मा त्रिपक्षीय रोचक प्रतिस्पर्धा, स्वतन्त्रको डर

सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री पदम रोकाया, नेकपा एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका १६० रुपैयाँ पुर्‍याइएको छ', उनले भने, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले ५० रुपैयाँ पर्ने माला अहिले २०० रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको उनले बताए।

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए।

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु,दुई जना बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।

फुलपातीमा जुम्लाको राजासिममा घोडा दौड

यस वर्षको फुलपातीकै दिन छौटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन विधामा पुरुस्कार प्रदान गरिएको छ। खुल्ला तर्फ गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहरा प्रथम, सोही गाउँका शंकर रोकाया द्धतिय र सोही वडा कोल्तेका विपन्न बोहरा तृतिय भएका छन्।

बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलङ्गाका व्यापारीले मिति सकिएको अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताए अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्