५ आश्विन २०८१ शनिबार
image/svg+xml

जिदानद्वारा टोलीको प्रशंसा

मड्रिड डर्बीमा एट्लेटिको मड्रिडमाथि जित हात पार्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले टोलीको प्रशंसा गरेका छन्।

लेगानेसविरुद्ध बार्सिलोनाको संघर्ष

लेगानेसको घरेलु मैदान इस्टाडियो म्युनिसपलमा बार्सिलोनाले पछिपरेको अवस्थामा पुनरागमन गर्दै जित निकाल्न सफल भयो। पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

स्पेनमा समाजवादी पार्टीको अग्रता

प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ।

मालोर्कासँग रियाल स्तब्ध

सातौं मिनेटमा मालोर्काका लागो जुनियरले गरेको गोल निर्णायक बन्दा भ्रमणकारी टोली रियाल मड्रिड स्पेनिस ला लिगामा शनिबार १–० ले स्तब्ध भएको छ। शनिबारको पराजयसँगै रियालले ला लिगामा पहिलो हार बेहोरेको छ। नवप्रवेशी मालोर्कासँगको पराजयले टोलीका प्रशिक्षक जिनेदिन जिदानलाई दबाब पुगेको छ।

क्याटलोनियाको तनाबलाई लिएर २४ घण्टामा ५० व्यक्ति पक्राउ, दर्जनौँ घाइते

स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

नाटकीय गोलबाट स्पेन छनोट

अन्तिम मिनेटमा नाटकीय गोल गरेको स्पेनले मंगलबार स्विडेनसँग १–१ को बराबरी खेल्दै युरो कप २०२० का लागि स्थान बनाएको छ।

मड्रिड डर्बीमा बराबरी

मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकिए पनि रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा यथावत् छ। ला लिगमा अपराजित रियालको ७ खेलमा १५ अंक छ र टोली शीर्ष स्थानमा यथावत् छ। समान ७ खेलमा समान १४ अंक जोडेका ग्रानाडा र एट्लेटिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने १३ अंक जोडेको बार्सिलोना र रियाल सोसिडाड क्रमश चौथो र पाँचांै स्थानमा छन्।

जितबाट भालभेर्डेलाई राहत

स्पेनिस ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी घाइते हुँदै मैदानबाट बाहिरिए पनि टोलीले हात पारेको २–१ को जितले प्रशिक्षक अर्नेस्टो भालभेर्डेलाई राहत दिलाएको छ। पहिलो हाफमा भएको २–१ स्कोर नै निर्णायक बनेको थियो।

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

साबिक विजेता बर्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिलबाओसँग १–० ले पराजित भएको छ। शुक्रबारबाट सुरु भएको लिगको पहिलो खेलमा एथ्लेटिकोका लागि अन्तिम मिनेट बाँकी रहँदा अरिज अडुरिचले गोल गर्दै साबिक विजेतामाथि जित दिलाएका हुन्। यससँगै नयाँ सिजनमा एथ्लेटिको बिलबाओले सुखद सुरुआत गरेको छ।

विलियम्सको नौ वर्षे सम्झौता

स्पेनिस ला लिगा क्लब एथ्लेटिक बिलबाओका स्ट्राइकर इनाकी विलियम्सले क्लबसँगको सम्झौता ९ वर्ष थप गरेका छन् । २५ वर्षे विलियम्सले क्लबसँगको सम्झौता सन् २०२८ सम्मका लागि लम्ब्याएका हुन् । साथै क्लबले उनको फुकुवा रकम १ सय २५ मिलियन डलर तोकेको छ ।

बेलबिनाको रियाल टोटेह्यामसँग स्तब्ध

मंगलबार स्पेनिस क्लब रियाल मड्रिडले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामसँग मैत्रीपूर्ण खेल्दा टोलीका मुख्य खेलाडी ग्यारेथ बेल उपस्थित भएनन्। प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल म्युनिखमा हुने खेलका लागि तयार नभएको भन्दै टोलीमा समावेश नगरेको दिन मंगलबार रियाल टोटेनह्यामसँग १–० ले स्तब्ध बन्यो। यसअघि वेल्सका बेल चीनको क्लब जाने चर्चा चलिरहँदा सम्झौता रद्द भएको समाचार बाहिर आएको थियो।

‘शुक्रबार र सोमबार ला लिगाका खेल हुँदैनन्’

दी रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले ला लिगाका खेल अनुमतिबिना शुक्रबार र सोमबार खेलाउन नमिल्ने बताएको छ। नयाँ सिजन २०१९÷२० का लागि ला लिगाले पहिलो तीन चरणको खेलतालिका सार्वजनिक गरिसकेको छ। उद्घाटन खेलमा च्याम्पियन बार्सिलोना र एट्लेटिको बिलवाओबीच खेल हुँदा ला लिगामा नयाँ सिजनको औपचारिक सुरुआत हुनेछ। ला लिगा अगस्ट १६ शुक्रबारबाट आयोजना हुँदै छ। तर आरएफइएफले सार्वजनिक तालिकालाई परिमार्जित गरेको छ।

मड्रिडलाई चोटको चिन्ता

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला–लिगा नयाँ सिजन सुरु हुनु अगाडि खेलाडीको चोटको सूचीले आपूmलाई चिन्तित बनाएको बताएका छन्।

यस सिजनमा पनि मेसीको ५० गोल

लियोन मेसीले दुई गोलसहित छैटौंं सिजन ५०औं गोल पूरा गर्दै यस सिजनको स्पेनिस लिगको अन्त्य गरेका छन्। मेसीले यस सिजन सबै प्रतियोगितामा गरेर आइतबार ४९ र ५०औं गोल गर्दा लिगमा सुखद अन्त्य गरेका हुन्। उनकै गोलप्रेरित बार्सिलोना एइबरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। मेसी ला लिगामा भने ३६औं गोल पूरा गर्न सफल भए। उनी छैटौं पटक नै ला लिगाको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचाल्यो

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० हराउँदै तीन खेल अघि नै उपाधि पक्का गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्