५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

जिदानद्वारा टोलीको प्रशंसा

मड्रिड – मड्रिड डर्बीमा एट्लेटिको मड्रिडमाथि जित हात पार्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले टोलीको प्रशंसा गरेका छन्।

लिगअन्तर्गत शनिबार भएको खेलमा रियालले एट्लेटिकोको चुनौती १–० ले पन्छाएको हो। घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा करिम बेन्जेमाले गरेको गोल निर्णायक बनेको थियो। जिदानले दोस्रो हाफको सुरुआतमै टोनी क्रुजको स्थानमा भिन्सियोस जुनियर र इस्कोको स्थानमा लुकास भाजक्युजलाई मैदान प्रवेश गराएका थिए। ५६औं मिनेटमा बेन्जेमाले गरेको गोलमा जुनियरकै पास थियो।

‘पहिलो हाफमा टोलीले जुन प्रकारको प्रदर्शन गरिरहेको थियो, म त्यसबाट सन्तुष्ट थिइनँ। त्यसैले दोस्रो हाफको सुरुआतमै केही परिवर्तन ग-यो जिदानले भने, ‘जुन फलदायी बन्यो।’ २२ खेलमा ४९ अंकका साथ रियाल शीर्ष स्थानमा यथावत् छ जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको बार्सिलोनाभन्दा ६ अंक बढी हो। सेभिया, भ्यालेन्सिया र गेटाफे समान २१ खेलमा क्रमश ३८,३७ र ३६ अंकका साथ तेस्रो,चौथो र पाँचाैँ स्थानमा छन्। एट्लेटिको ३६ अंकका साथ छैटौं स्थानमा छ।जुन शीर्ष स्थानको रियालभन्दा १३ अंक कम हो।

‘पहिलो हाफमा टोलीले जुन प्रकारको प्रदर्शन गरिरहेको थियो, म त्यसबाट सन्तुष्ट थिइनँ। त्यसैले दोस्रो हाफको सुरुआतमै केही परिवर्तन ग-यौं, जुन फलदायी बन्यो।’

खेलको सुरुआतबाटै दबाब बनाएको एट्लेटिकोले पाएको अवसरलाई भने सदुपयोग गर्न सकेन। एट्लेटिकोले पछिल्ला ५ खेलमा जित हात पार्न सकेको छेैन र टोली शीर्ष ४ मा अट्नसमेत संघर्षरत छ। ‘शीर्ष ४ मा बस्दै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने कुरामा हामी केन्द्रित छाैँ। हामीले आफ्नो प्रदर्शन सुधार गर्र्नुको विकल्प छैन,’ सिमोनीले भने। सिजनपूर्वको मैत्रीपूर्ण खेलमा एट्लेटिकोले रियालमाथि ७–३ को रबाफिलो जित हात पारेको थियो। त्यस हारपछि जिदानमाथि  दबाब बढेको थियो। तर रियालले अहिले भने आफ्नो अपराजित यात्रालाई २१ खेलसम्म निरन्तरता दिइसकेको छ।

निरन्तर अभ्यासमा फर्किए पनि गारेथ बेललाई यस खेलमा पनि जिदानले टोलीमा मौका दिएका थिएनन्। ‘बेल उपलब्ध थिए,’ जिदानले भने, ‘मैले राम्रा खेलाडी छनोट गर्नु थियो र मैले त्यही गरें।उनी यस सिजनअवधि भर नै टोलीसँग रहने छन्। त्यसैले उनी टोलीमा परेनन् भनेर विषय निकाल्नुको कुनै अर्थ छैन।’

प्रकाशित: २० माघ २०७६ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App