५ आश्विन २०८१ शनिबार
image/svg+xml

बार्सिलोना उपाधि नजिक

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई हराएको छ। अवे मैदानमा भएको मंगलबार राति भएको खेलमा एलाभेसलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो।

लिग लिडर बार्सिलोना हुएस्कासँग बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पुछारको क्लब हुएस्कासँग बराबरीमा रोकिएको छ।

क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले इंलिस क्लब म्यानचेस्टर युनाईटेडलाई १–० गोल अन्तरले जित निकालेकाे हाे।

स्पेनको म्याड्रिडमा लुम्बिनी बनाउन सम्झौता

स्पेनको म्याड्रिड सहरमा नेपालको जस्तै लुम्बिनी बन्ने भएको छ। लुम्बिनी संस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरीले त्यहाँ बुद्ध पार्कसहित लुम्बनी बनाउनका लागि म्याड्रिड नगरपालिकासँग सम्झौता गरेका छन्।

जिदानको सुखद पुनरागमन, सेल्टा भिगोमाथि रियलको सहज जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेल्टा डि भिगोमाथि २–० को जित निकालेको छ। पूर्व प्रशिक्षक जिनेदिन जिदानले मुख्य प्रशिक्षकका रुपमा फेरि दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिड विजयी भएको हो।

रायो भालेकानोमाथि बार्सिलोनाको सहज जित

लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ७ अंकको अग्रता कायमै राखेको छ। घरेलु मैदान नाउ क्याम्पमा शनिबार राति सम्पन्न खेलमा रायो भालेकानोविरुद्ध ३–१ को सहज जित निकाल्दै बार्साले उपाधि यात्रा मजबुत बनाएको छ।

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल पराजित, उपाधि जित्ने सम्भावना न्यून

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि यात्रा थप बलियो बनाएको छ। शनिबार राति सम्पन्न सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिडलाई उसकै मैदान सान्टियागो बर्नाबाउमा १–० ले पराजित गर्दै बार्सिलोनाले उपाधि यात्रा मजबुत बनाएको हो।

स्पेनमा रोशन र सुनीललाई पदक

काठमाडौं स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन्।

जीएसएमएकाे कार्यक्रममा सहभागी हुन मन्त्री बाँस्काेटा स्पेन प्रस्थान

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा स्पेनको बार्सिलोना प्रस्थान गरेका छन्। आउँदो फ्रेव्रुअरी २५ देखि २७ तारिक सम्म 'ग्लोबल सिस्टम फर मोबाइल कम्यूनिकेशन' (जीएसएमए) को आयोजनामा सञ्चालन हुने 'जीएसएमए मिनिस्टेरीयल प्रोग्राम २०१९' मा सहभागिता जनाउन मन्त्री बाँस्कोटा त्यसतर्फ प्रस्थान गरेका हुन्।

बार्सिलोनाको कठिन जित, एक पेनाल्टीमा गोल गर्दा अर्कोमा चुके मेस्सी

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित हात पारेको छ। जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दुरी ७ अंकमा पुर्याएको छ।

बार्सिलोनासँग दूरी घटाउँदै रियाल

स्पेनिस ला लिगामा शनिबार रियाल मड्रिडले एट्लेटिको मड्रिडविरुद्ध ३–१ को जित निकाल्दै तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियनमा भएको खेलमा  जित निकाल्दै रियालले बार्सिलोनासँगको दूरी ५ अंकमा झारेको हो।

बार्सिलोना र रियल मड्रिडको खेल बराबरीमा

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ।

जिरोनामाथि रियलको सहज जित, रामोसको २ गोल

रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जिरोनालाई ४–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा जित हात पारेसँगै रियलले सेमिफाइनल यात्रा बलियो बनाएको छ।

ला लिगा फुटबल : रियल मड्रिडको जितमा कासिमिरो र मोड्रिचको गोल

सेभियालाई २–० ले पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलको जितमा कासिमिरो र लुका मोड्रिचले एक–एक गोल गरे।

पुनरागमन जितका साथ बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान बनायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्