५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘क्याटलोनियामा स्पेनको नियन्त्रण हुन्छ’

क्याटलोनियाका क्षेत्रीय नेताले जेलमा रहेका र देशबाट निर्वासनमा गएका नेतालाई मन्त्रिपरिषद्मा मनोनित गरेपछि स्पेन सरकारले क्याटलोनियामा नियन्त्रण गर्ने योजना प्रधानमन्त्री मारियानो राजोयले सार्वजनिक गरेका छन्।

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा प्रचारप्रसार

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा नेपालको पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गरिएको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले शनिवार स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियामा विदेशी नागरिकलाई नेपालका पर्यटकीय ठाउँका फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको हो ।

सहअस्तित्वमा आउन स्पेनी राजाको अपिल

स्पेनका राजाले क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहबाट चलिरहेको मनमुटावका बीच नयाँ तवरबाट एकता कायम गर्न आह्वान गरेका छन् ।

स्पेन विभाजनविरुद्ध उभियो नेपाल

नेपाल सरकारले सोमबार स्पेन अधिराज्य विभाजन विपक्षमा रहेको स्पष्ट पारेको छ। त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्ने उल्लेख गरेको छ।

स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन

क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्‍यालीमा हजारौंले सहभागिता जनाएका छन्।

स्पेनको विश्वकप स्थान पक्का

बलियो टोलीका रूपमा हेरिएको स्पेनले शुक्रबार अल्बानियालाई ३–० ले हराउँदै विश्वकप २०१८ मा स्थान पक्का गरेको दिन अस्ट्रियालाई ३–२ को नतिजा सुम्पिएपछि सर्बियाले रूसको टिकट काट्न थप कुर्नुपर्ने भएको छ ।

‘स्पेनका राजाले स्वतन्त्र भूमिका खेल्न सकेनन्’

स्पेनका राजा फिलिपले क्याटालोनियाको स्वतन्त्रतामा स्वतन्त्र भूमिका खेल्न नसकेको क्याटालोनियाको नेताहरूको दाबी छ । राजा फिलिपले क्याटलन क्षेत्रका जनताहरूको बेवास्ता गरेको स्वतन्त्र क्याटालोनिया पक्षका नेताहरूले आरोप लगाएका छन् ।

स्पेनबाट अलग हुँदै क्याटालोनिया

क्याटालोनियाले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तयारी गरेको  छ ।  यसै हप्ता स्पेनबाट भिन्न भएको घोषणा गर्ने तयारी गरेको स्वायत्त प्रदेशका नेताले बताएका छन्।

क्याटालोनिया छुट्टिने जनमत संग्रह असंवैधानिक: स्पेन

स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले सो देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले जनाएका छन्।

स्पेनी होटेलको खानाले नौ बालबालिका अस्पताल भर्ना

विद्यालयबाट भ्रमणमा स्पेन पुगेका नौ जना बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय एक अस्पतालमा भर्ना भएका छन्।

इटालीमाथि स्पेन हाबी

इस्को र अल्भेरो मोराटाको गोलमा स्पेनले शनिबार सान्टियागो बेर्नाबेउमा इटालीमाथि ३–० को नतिजा निकाल्दै अर्को वर्ष रसियामा हुने विश्वकप छनोटनजिक रहेको छ ।

सरुवा बजारमा स्पेनिस क्लबलाई फाइदा

इङलिस प्रिमियर लिग र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन(पिएसजी) ले यस सिजनको सरुवा बजारमा अत्याधिक खर्च गरे । तर शुक्रबार स्पेनमा सरुवा बजार बन्द हुँदा स्पेनिस ला लिगाका क्लबहरु फाइदामा रहे ।

स्पेनले ६०० आप्रवासीहरूको उद्धार गर्‍यो

स्पेनको तटरक्षक टोलीले करिब ६०० आप्रवासीहरूलाई उद्धार गरेको छ । उद्धार गरिएकाहरू मध्ये ३५ जना बच्चा  र एक शिशु छन्।  १५ वटा जहाजमा आप्रवासीहरूलाई राखी उद्धार गरिएको  तटरक्षक टोलीले बताएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार स्पेनमा अहिलेसम्म ९ हजारभन्दा बढी संख्यामा आप्रवासी छन्। उक्त संख्या गत वर्षको तुलनामा ३ गुणाले बढी हो।

एनआरएनए स्पेनमा सापकोटा

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा बिजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा सापकोटाले ५ सय १८ मत ल्याएर विजयी भए। अर्का प्रत्यासी गौतम गुरुङले ४ सय ७१ मत ल्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्