५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

तनहुँमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ गाउँपालिका–४ भिरकोट ढुंगागाढे घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा बस्दै आएका २१ बर्षिय कमल विकको मृत्यु भएको हो।

ज्वालादेवी मन्दिर निर्माणमा पाँच करोड लगानी

तनहुँको कोत्रे बजारमा ५ करोड रुपैयाँको लागतमा ज्वालादेवी मन्दिर निर्माण सुरु गरिएको छ। ज्वालादेवीको पुजाअर्चना गरेमा आगलागीका घटना नहुने जनविश्वास छ। पर्यटनको केन्द्र गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिएको कोत्रे बजारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास  गर्न जुवादी आलमकोटमा पुजाअर्चना हुँदै आएको ज्वालादेवीको कलात्मक शैलीमा नयाँ  मन्दिर बनाउन सुरु गरिएको हो।

४२ वडा सचिवविहीनः कार्यालय सहयोगी र सामाजिक परिचालकलाई जिम्मा

तनहुँका १० स्थानीय तहमा ८५ वडा रहेका छन्। ४२ वडा हालसम्म सचिवविहीन रहेका छन् भने ४३ वडामा मात्रै सचिव रहेका छन्।

डेढ वर्षभित्र तनहुँका सबै घरधुरीमा बिजुली

तनहुँमा डेड वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण हुने भएको छ। हालसम्म विद्युत् सेवा पुग्न नसकेका तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको हो।

पेस्तोलसहित चार पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गोठ गएकी महिलाको भीरबाट लडेर मुत्यु

तनहुँ शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा रहेको गोठमा गएकी एक महिलाको चिप्लिएर भीरबाट खसेर मृत्यु भएको छ। कास्की रुपाकोट घर भएकी ४५ वर्षीया पुष्पादेवी खड्का छोरीको घर बेलचौतारा बस्दै आएकी थिइन्।

बाँध बनाउन पुनः टेन्डर

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

तनहुँमा नेकपाको एकता टुगिंयो

पाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँको एकता प्रक्रिया टुगिंएको छ। लामो रस्साकस्सीपछि तनहुँमा स्थानीय तह र वडा तहको एकिकरण टुंगिएको हो।

तनहुँका स्थानीय तहमा १५ करोड बेरुजु

तनहुँका स्थानीय तहमा गत आर्थिक बर्ष २०७४/०७५ मा १५ करोड रुपैयाँ बढी अनियमित खर्च गरेको खुलेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छपन्नौ वार्षिक प्रतिवेदनले जिल्लाको १० स्थानिय तहमा १५ करोड २२ लाख रुपैयाँ ३० हजार अनुशासन विपरित खर्च गरेको उल्लेख छ।

जिप दुर्घटनामा ८ जना घाइते

भिमादको जुकेपानीमा यात्रुबाहक जिप दुर्घटनामा परेको छ।  भिमाद बजारदेखि आधामारतर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप जुकेपानीमा सडकमा पल्टिदा ८ जना यात्रु घाइते भएका छन्।

भिरकोटमा मौरीको टोकाइबाट तीन जना बेहोस

जंगली मौरी (खाग) ले टोक्दा तीन जना बेहोस भएका छन्। तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोट अधेरीमा जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय कमल विक, हिरालाल विक र टंकलाल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए। तीनै जना बेहोस छन्। त्यस्तै स्थानीय दिलबहादुर विक भागेर सुरक्षित रहेको श्रेष्ठले जानकारी दिए।

स्याङ्जा र तनहुँमा जिप दुर्घटना, २० घाइते

गण्डकी प्रदेशका दुई जिल्लामा भएका दुर्घटनामा २० जना घाइते भएका छन्। शुक्रबार स्याङजा र तनहुँमा दुर्घटना भएको हाे।

पर्यटक लोभ्याउँदै इर्लुङ झरना

तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो। स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने हुनसकेको छैन।

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले २०७५ माघ ४ मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्