२१ असार २०८१ शुक्रबार
image/svg+xml

फर्निचर पसलमा आगलागीले करोडौँको क्षति

रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका अनेकौँ सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू खरानी भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति भएको पसलका संचालक राम जनम साहले बताएका छन्।

अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल

विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।

प्रयोगमा नआउँदा बिग्रिए डेढ दर्जन कम्प्युटर

रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको दृश्य हो यो। गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नगरको शिक्षा, युवातथा खेलकूद संयोजक सुबोधकुमार चौधरी र सहसंयोजक शेख चाँद अलिसहितको टोली विद्यालयको अनुगमनमा पुग्दा प्रधानाध्यापक राकेशकुमार यादवले कम्प्युटर ल्याबको अवस्था देखाउँदा सबैजना छक्क परेका छन्।

रौतहटको गरुडामा एमालेलाई कठिन जित

रौतहटको गरुडा नगरपालिकामा मिश्रित परिणामसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका कन्थमनिप्रसाद कलवार गरुडा नगरपालिकाको मेयर बनेका छन्।

म्याराथनको उपाधि रामलाई

४६ जना युवाहरुले भाग लिएको प्रतियोगितामा रमेशकुमार यादव द्वितीय, अजयकुमार राम तृतीय र सुजीतकुमार चौधरीले चौथो स्थान प्राप्त गरी पुरस्कृत भएका छन्। मनोज बीज भन्डारले पुरस्कारको व्यवस्था गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्