१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल

रौतहटको गरुडा नगरपालिकाकाले अति विपन्न परिवारलाई कम्बल प्रदान गरेका छन्। विहीबार रौतहटको गरुडा नगरपालिकाकाले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।  

शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्ठकर जीवन बाँचिरहेका गरुडा नगरपालिका ९ का अति विपन्न २५ जनालाई एक एकओटा कम्बल प्रदान गरिएको नगर प्रमुख कलवारले जानकारी गराएका छन्।  

नगरपालिकाको स्रोतबाट नै कम्बल प्रदान गरिएको हो।  कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवका साथै वडाध्यक्षहरु तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख कलवारको भनाइ छ।  विगत दुई हप्तादेखि अत्यधिक मात्रामा जाडो बढेको र दिनभर घाम नलाग्दा घरबाट बाहिर निस्कन पनि अप्ठ्यारो भएपछि गरुडा नगरपालिकाले थप दुई दिन सामुदायिक विद्यालयमा जाडो विदा दिएको छ। 

प्रकाशित: २८ पुस २०७९ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App