१९ आश्विन २०८१ शनिबार
image/svg+xml

माइती नेपाललाई तेक्वान्दोको सहयोग

एभरेस्ट वल्र्ड क्लास तेक्वान्दोले माइती नेपाललाई खाद्यान्न सहयोग गरेको छ । एभरेस्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको समन्वयनमा करिब एक लाख पाँच हजार रुपैयाँबराबरीको खाद्यान्न शुक्रबार माइती नेपाललाई प्रदान गरिएको हो ।

भीमबहादुर च्याम्पियन

प्रथम खुला अनलाइन तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा शनिबार प्रदेश नम्बर–३ रामेछापका भीमबहादुर तामाङ च्याम्पियन भएका छन् ।

तेक्वान्दो खेलाडीलाई सहयोग

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौंभित्रका तेक्वान्दो खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्यामा परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए ।

‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दोमा खड्का निर्णायक

कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनीत भएका छन् ।

तेक्वान्दो विजेतालाई सम्मान

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता निशा दर्नाललाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले सम्मान गरेको छ।

मकाउका चियोङ सम्मानित

काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपले मकाउका नागरिक तान होन चियोङलाई बुधबार सम्मान गरेको छ।

आइटिफ तेक्वान्दो एकेडेमी पहिलो

एघारौं राष्ट्रिय तेक्वान्दो जुनियर आइटिएफ च्याम्पियनसिप प्रतियोगितामा आयोजक आइटिफ तेक्वान्दो एकेडेमी पहिलो भएको छ।

एनएनआइपिए अवार्डलाई एभरेष्ट वर्ल्ड क्लासको साथ

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाबीच पाँच वर्षका लागि शुक्रबार प्रायोजन सम्झौता भएको छ।

साग विजेतालाई वडाको सम्मान

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो वडाका खेलाडी र प्रशिक्षकलाई काठमाडौं महानगरपालिका वडा–३२ ले शनिबार नगदसहित सम्मान गरेको छ।

माघ २ देखि एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो

एभरेस्ट वल्ड क्लास तेक्वान्दोका संस्थापक अध्यक्ष कुमार कार्कीले छरिएर रहेका खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए।

२०औँ सिनयिर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

जिल्लाको खाडादेवी गाउँपालिकामा २०औँ सिनयिर राष्ट्रिय तेक्वान्दो(आइटिएफ) प्रतियोगिता शनिबारबाट सुरु भएको छ।

तेक्वान्दो स्वर्णिम युगनजिक

संगीता बस्याल र सक्षम कार्कीले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जित्दा नेपाली तेक्वान्दो आफ्नो स्वर्णिम युगनजिक पुगेको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा बुधबार सम्पन्न फाइटतर्फ प्रतिस्पर्धामा संगीता र सक्षमले स्वर्ण जितेपछि नेपाली तेक्वान्दो आफ्नो स्वर्णिम इतिहासनजिक पुगेको हो।

सागको इतिहासमा नेपालको १०० औं स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन्।

होचो कदको अग्लो जित

होचो कद र सानो जिउडालकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठका लागि मंगलबार विशेष दिन नै रह्यो । घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फाइटतर्फ स्वर्ण जितेपछि राष्ट्रिय टोलीकी सानी काजलको दिन विशेष बन्न पुग्यो ।

तस्बिरमा तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको पुम्से विधातर्फ कुल सात स्वर्ण जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्