७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

माइती नेपाललाई तेक्वान्दोको सहयोग

एभरेस्ट वल्र्ड क्लास तेक्वान्दोले माइती नेपाललाई खाद्यान्न सहयोग गरेको छ । एभरेस्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको समन्वयनमा करिब एक लाख पाँच हजार रुपैयाँबराबरीको खाद्यान्न शुक्रबार माइती नेपाललाई प्रदान गरिएको हो । नेपाल शाखाका अध्यक्ष केशव थापा, उपाध्यक्ष बलराम कार्की, सञ्जीव फुँयाल, तेक्वान्दो प्रशिक्षक थानेश्वर दर्लामी र निरज गौतमले सिनामंगलस्थित माइती नेपालमा ५० बोरा चामल र पाँच बोरा दाल हस्तान्तरण गरेका थिए ।

नेपालका शाखाका अध्यक्ष बलराम कार्की माइती नेपालमा तेक्वान्दो प्रशिक्षणसमेत गराउँछन् । तेक्वान्दो मास्टरद्वय कुमार कार्की र कल्पना कार्कीद्वारा अमेरिकाको बाल्टिमोरमा एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो सञ्चालन हुँदै आएको छ । पूर्वखेलाडीसमेत रहेका कुमारले नेपाली खेलाडीलाई सहयोग गर्नुका साथै सामाजिक कार्य गर्दै आइरहेका छन् । 

सोही कार्यलाई निरन्तरता दिन तेक्वान्दो मास्टरद्वय कुमार र कल्पनाले माइती नेपालमा सहयोग गरेका थिए । उनीहरूको उक्त कार्य निकै सराहानीय रहेको भन्दै नेपाल शाखाका अध्यक्ष केशव थापाले धन्यवाद दिएका थिए ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App