१३ माघ २०७८ बिहीबार

गुरागाईंले पूरा गरे प्रशिक्षक कोर्स

तेक्वान्दो प्रशिक्षणमा लाग्ने उद्देश्यले आफूले प्रशिक्षक कोर्स गरेको उनको भनाइ छ। उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडीसमेत हुन्। तेस्रो डान प्राप्त खेलाडी उज्ज्वलले केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जितेका छन्।

खेलकुदमा सरकारको दृष्टिकोण पर्नुपर्छः गण्डकी प्रदेश प्रमुख

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताएका छन्।

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

काठमाडौं महानगर च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित कुल २० टोलीले प्रतिस्पर्धा गरेका थिए। तीन स्वर्ण, एक रजत र चार कांस्य जितेको पनौती नगरपालिका दोस्रो भयो।

युथ पारा टोलीको बिदाइ

एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रबार बिदाइ गरियो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले टोलीलाई सफलताको शुभकामना दिँदै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

आयोजकलाई उपाधि

मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप प्रदेश नम्बर१ स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा आयोजक पहिलो भएको छ।

तेक्वान्दोकर्मी सम्मानित

नेपाली पारा तेक्वान्दोकी खेलाडी पलेशा गोर्वधन, उनका प्रशिक्षक कविराज नेगी लामा र चितवनका प्रशिक्षक दीपेन्द्रबहादुर नेपाली शनिबार सम्मानित भएका छन्।

श्रेष्ठ उत्कृष्ट निर्णायक

सिओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट निर्णायक घोषित भएका छन्।

पलेशा र उनको टोली सम्मानित

पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण र वर्तमान प्रशिक्षक कविराज नेगी लामाले मात्र नेपालबाट पारा तेक्वान्दोमा अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक कोर्स पूरा गरेका छन्।

‘सरोकारवालासँगको सहकार्यबाट अघि बढ्छु’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक र खेल संघसँगको सहकार्यबाट अगाडि बढ्ने बताएका छन्।

तेक्वान्दो संघको चौंथो महाधिवेशन शनिबार भैरहवामा हुने

महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्षसहित ११ जना सदस्य निर्वाचित हुनेछन्।

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

आइएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भई १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्