१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं– अष्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भनी करिब ५ लाख रुपैयाँ ठगी गर्ने काठमाडौं बालाजु बस्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट काउली–१ घर भई काठमाडौंमा युरो फाउण्डेशन कन्सल्टेन्सीका संचालक २८ वर्षीय बिनोद अधिकारी रहेका छन्।

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

कम्पनी नै खोलेर नक्कली कागजपत्रका आधारमा बैंकलाई ठगी गरेको आरोपमा एकजना कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले हाल सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंक केन्द्रीय कार्यालय बनेपा शाखाका तत्कालीन प्रमुख विनोद कार्कीसहित अन्य ६ जनालाई पक्रेको हो।

विदेशबाट युवती डाक्दै ठगी

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो।

नक्कली मागमा जापान पठाउने भन्दै ठगी

काठमाडौं-आइइबी इन्टरनेसनल कन्सल्टेन्सीलाई एक लाख रुपैयाँ बुझाएपछि सुनसरी, भासी–५ का अर्जुन बस्नेतले जापान जाने दिनगन्ती गर्न सुरु गरिसकेका थिए।

आयल निगमको नक्कली नियुक्तिपत्र दिदैं ठगी गर्ने पक्राउ

काठमाडौं- नेपाल आयल निगममा जागिर लगाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी राजविराज ६ घर भई रौतहट चन्द्रनिगाहापुर बस्ने दिपक ठाकुर र रौतहट गंगापिपरा ३ घर भई चन्द्रनिगाहापुर बस्ने दिपेन्द्र साह कानु रहेका छन्। उनीहरुले जागिर लगाइने भनेकालाई निकगमको नक्कली नियुक्तिपत्र समेत दिएका थिए।

सस्तोमा सुन ल्याइदिने भन्दै २० लाख ठगी

५० हजार रुपैयाँमा प्रतितोला काँचो सुन ल्याइदिने लोभमा २० लाख रुपैयाँ ठगेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी–२ मा सुनचाँदी कारोबार गर्ने डम्बर विश्वकर्मासित २० लाख रुपैयाँ ठगेका झापा शर्णामति–५ का धनपति भट्टराईलाई पक्राउ गरिएको हो।

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ६६ लाख भन्दा बढी ठगी गर्ने छन्त्याल पक्राउ

काठमाडौं- युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पुतली सडकको कन्सल्टेन्सीबाट क्यानडाको पिअार मिलाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं—प्रहरीले शैक्षिक परामर्स दिने संस्थाबाटै स्थायी बसोबास अनुमति पत्रका नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुला घर भई पुतलिसडक बस्ने मदन नाथलाई पक्रेको हो।

जागिर लगाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

काठमाडौं- विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

काठमाडौं– सजायको भागीदार हुन कतिवटा अपराध गर्नुपर्ला ? सायद सबैले फर्काउने जवाफ हो– हरेक व्यक्ति र संस्थाका लागि एउटै अपराध पर्याप्त हुन्छ। तर, नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहँदा पनि कारबाही भएको छैन।

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा जापानी नागरिक पक्राउ

काठमाडौं- भूकम्प पीडितहरुलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्