३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली समाजमाथि व्यंग्य गर्दै ‘बिइङ टुगेदर’

चित्रकार लियो झन्कारले नेपाली संस्कृति र पर्यायवरणीय पक्षलाई तुलना गरेर चित्रकला कोरेका छन्। वनविनाशले वातावरणमा पारेको प्रभाव र नेपाली संस्कृतिमा पार्न सक्ने चुनौतीका विषयमा चित्रमार्फत विचार पोखेका छन्। ‘वातावरणमा विभिन्न कारणले गरेको प्रभावका कारण हाम्रो संस्कृतिमाथि असर गर्दै गरेको भाव मैले क्यानभासमा समावेश गरेको छु,’ उनले भने।

प्रचण्डकै अगाडि माधव नेपालले भने– म पार्टीभित्रै हेपिएँ

पार्टी एकता प्रक्रियामा चरम असन्तुष्टि रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीभित्र आफु हेपिएको बताएका छन्।

किन ‘नोट अफ डिसेन्ट’ लेख्दैछन् माधव नेपाल ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा नीतिगत विषय नमिलेको भन्दै मा ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारीमा रहेका छन्।

कानुन नजान्दा भारी बन्दै जिम्मेवारी

‘हामीलाई सरकारले कानुनको जिम्मेवारी दिएपछि भारी महसुस भएको छ। यद्यपि दुःखसुख न्याय सम्पादनको काम गरिरहेका छौं।’ यो भनाइ नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्माको हो। उनले सल्लेरीमा मानवअधिकार मञ्च नेपाल, इलाम तथा जिल्ला समन्वय समिति सोलुखुम्बुको आयोजनामा न्यायिक समितिद्वारा सम्पादन गरिएका कार्यको अनुभव आदानप्रदान तथा प्रभावकारिताका लागि सरोकारवालाको भूमिका विषयक जिल्लास्तरीय अन्तक्र्रियामा उपाध्यक्ष शर्माले यस्तो दुखेसो पोखेकी हुन्।

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञावली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ। नेपालका लागि फिलिपिन्सका अवैतनिक वाणिज्यदूत सुरज वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न सभाले शोभा ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

नेकपामा खनाललाई तेस्रो वरियता, माधव नेपाल पछि परे, पार्टीमा थप कार्यविभाजन

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘चिसो मुलुकको यात्रा गर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीले आइतबार साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन्। चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए।

विद्युत प्राधिकरणको कार्यक्रममा उर्जामन्त्री बोल्दा विजुली गएपछि...

नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ। आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

चीनमा निमेशले जिते तेस्रो स्वर्ण, चीन र भारतका खेलाडीलाई पछि पारे

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए।

प्रधानमन्त्रीलाई तन्दुरुस्त देखेर म यति खुसी भएँ कि प्रश्न सोध्नै बिर्सेछु– रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्।

‘नेपालको संविधान पत्रकारको लागि संसारकै उत्कृष्ट’

नेपालको संविधानले पत्रकारिता क्षेत्रको लागि सबैभन्दा महत्वपूर्ण र बलियो व्यवस्था गरेको संविधानविद् रामनारयण विडारीले बताएका छन्।

‘नागरिक सुस्त भए सरकार पनि सुस्त हुन्छ’

नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका निम्ति सबै एकजुट हुन आह्वान गरेका छन्।

सर्वसाधारणलाई शेयर दिने तयारीमा प्राधिकरण

सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ। एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको सही दृष्टिकोण भयो भने सफलता प्राप्त गर्न समय लाग्दैन भन्ने उदाहरण प्राधिकरणले पेश गरेको छ।

बनारस हुँदै लखनऊ

नेपाली समाजमा एउटा भनाइ छ, ‘न्याय हराए गोरखा जानु, विद्या हराए काशी जानु ।’ बनारसमा काशी विश्वनाथ मन्दिर र संस्कृत विश्वविद्यालय छ । त्यसैले काशी ज्ञानको भण्डार हो । तिर्थालुहरू धर्म कमाउन र पाप पखाल्न काशी यात्रा गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्