३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल–भारत सहयोगका प्राथमिकता पहिचान गर्न सहमत

नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको बुधबार काठमाडौंमा बसेको पाँचौं बैठकले दुईपक्षीय सम्बन्धलाई बृहत् ढंगले समीक्षा गर्दै सहयोगका प्राथमिकता पहिचान गर्ने निर्णय लिएको छ।

गुणस्तर प्रमाणपत्र नेपाल–भारतमा मान्य हुनेगरी सम्झौता

नेपाल भारतबीच खाद्य वस्तु तथा तरकारीलगायतका वस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुबै देशमा मान्य हुनेगरी सम्झौता भएको छ।

चार वर्षपछि भारतले बल्ल पूरा गर्‍यो बाचा, २ अर्ब ४५ करोड नेपाललाई हस्तान्तरण

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ।

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक राजधानी काठमाडौंमा बसिरहेको छ। द्विपक्षीय सम्बन्ध सुदृढ तथा दुई देशबीच देखिएका समस्या समाधानमा लागि आयोजित बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन्।

ओलीलाई जयशंकरले सुनाए मोदीले पठाएको इपिजी प्रतिवेदनको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीयका विदेशमन्त्री शुब्रमन्यम जयशंकरले शिष्टाचार भेट गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शिष्टाचार भेट गगरेका हुन्।

नेपाल भारतबीच भएको सम्झौता पुनरावलोकन गर्न कोमल वलीको माग

सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन्।

टोरोन्टोका नेपाली बालबालिकालाई सकर प्रशिक्षण

टोरोन्टो नेप्लिज स्पोर्टस क्लबले आयोजना गरेको चार महिना लामो ‘सकर प्रशिक्षण’आइतबार सम्पन्न भएको छ। ग्रेटर टोरोन्टो क्षेत्रमा बस्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको यो तालिममा ७ देखि १४ वर्षका ६८ नेपाली बालबालिका सहभागी भए।

नेपालमा बार्षिक एक हजार विद्यार्थी अध्ययनका लागि पठाउन चीन तयार

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ।

अन्तरदेशीय प्रसारण र विद्युत् व्यापारका मुद्दा उठाउन सुझाव

सरकारले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरमा हुने संयुक्त आयोगको पाँचौं बैठकमा वर्षाैंदेखि अल्झिँदै आएका पञ्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, अन्तरदेशीय प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापार लगायत अजेन्डालाई प्राथमिकतासाथ उठाउनुपर्ने विज्ञहरुले सुझाएका छन्।

'इपिजी प्रतिवेदनले प्राथमिकता पाउँछ'

नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको पाचौं बैठक बुधबार काठमाडौंमा सुरु हुने भएको छ। संयुक्त बैठकमा सीमामा निर्मित भारतीय बाँधले नेपालको तराई क्षेत्रमा हरेक वर्ष डुबानबाट पु¥याउने क्षति, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकले तयार पारेको प्रतिवेदनसहितका विषयमा छलफल हुनेछ। बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकर बुधबार बिहान काठमाडौं आइपुग्नेछन्।

नियमावली टुंगोमा नपुग्दै समानान्तर सम्पर्क समिति

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा सोलुखुम्बु–काठमाडांै समितिले राष्ट्रिय जागरण अभियानअन्तर्गत कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको २ महिना नवित्दै अर्को पक्षले समानान्तर सम्पर्क समिति गठन गर्ने प्रयत्न सुरु गरेको छ।

‘अध्यक्षको कार्यशैलीले सरकार र पार्टीलाई ठूलो धक्का लाग्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीअध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैली परिवर्तन गर्न नसके पार्टी र सरकारलाई गम्भीर क्षति पुग्ने दाबी गरेका छन्। पार्टीभित्र जिम्मेवारी बाँडफाँटका साथै वरीयताक्रम परिवर्तनपछि असन्तुष्ट नेता नेपालले सातबुँदे असहमतिपत्र महासचिव विष्णुप्रसाद पौडेलमार्फत सचिवालय बैठकको निर्णय पुस्तिकामा समावेश गर्न आग्रह गरेका छन्।

किनेको १४ महिनापछि जापान उड्दै वाइडबडी

नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको तयारी पूरा भएको जनाएको छ। वाइडबडी बिमान किनेर ल्याएको करिब १४ महिनापछि अगस्ट २९ बाट जापान उडाउने तयारी भएको निगमको भनाइ छ।

नेपाली कांग्रेस जनताको प्रिय पार्टी बन्नेछः दाहाल

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई भैरहवामा प्रशिक्षण दिइएको छ।  प्रदेश ५ का १२ वटै जिल्लाका ४ सय जना महाधिवेशन प्रतिनिधिलाई भैरहवास्थित पार्टी कार्यालयमा सोमबार र मंगलबार प्रशिक्षण दिइएको हो।

कोरियाली पर्यटक बढाइने

नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने जनाएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्