'बर्दिबास–बिजुलपुरा रेलरुट परिवर्तन गर्न भारतीय रेलवेसँग समन्वय गर्छु'
प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा–बर्दिबास खण्डको रुट परिवर्तनका लागि आफूले पहल गर्ने बताएका छन्। धनुषा क्षेत्र नं.–७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।