२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अन्तरदेशीय प्रसारण र विद्युत् व्यापारका मुद्दा उठाउन सुझाव

सरकारले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरमा हुने संयुक्त आयोगको पाँचौं बैठकमा वर्षाैंदेखि अल्झिँदै आएका पञ्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, अन्तरदेशीय प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापार लगायत अजेन्डालाई प्राथमिकतासाथ उठाउनुपर्ने विज्ञहरुले सुझाएका छन्।

'इपिजी प्रतिवेदनले प्राथमिकता पाउँछ'

नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको पाचौं बैठक बुधबार काठमाडौंमा सुरु हुने भएको छ। संयुक्त बैठकमा सीमामा निर्मित भारतीय बाँधले नेपालको तराई क्षेत्रमा हरेक वर्ष डुबानबाट पु¥याउने क्षति, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकले तयार पारेको प्रतिवेदनसहितका विषयमा छलफल हुनेछ। बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकर बुधबार बिहान काठमाडौं आइपुग्नेछन्।

‘एस  जयशंकर आउँदा नेपालले भीख माग्न हुन्न्, आफ्नो कुरा स्पष्टसँग राख्नुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन्।

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन्।

प्रितम सम्मानित

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सम्मानित भएका छन्। सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले उनलाई सम्मान गर्दै उपहार प्रदान गरेका थिए।

सम्पत्ति शुद्धिकरण र आतंकवादबारे नेपाली अधिकारीलाई भारतमा प्रशिक्षण

नेपालका विभिन्न सरकारी निकायका २० जना अधिकारीलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम दिन सुरु गरिएको छ।

कश्मीर विवादबारे परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-वार्ताबाटै निकास खोजाैं

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन्।

ऋषभलाई ‘रिप्लेस’ गरे श्रेयसले

भारतीय राष्ट्रिय क्रिकेट टोलीमा युवा खेलाडी ऋषभ पन्तको स्थान अर्का युवा खेलाडी श्रेयस अय्यरले लिएका छन्।

कश्मीर तनावः चार हजार पक्राउ

दुई हप्ता पहिले भारतीय कश्मीरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन्।

कश्मीरमा आंशिक रूपमा सञ्चार सेवा सुरु

भारत–प्रशासित कश्मीरका केही भागमा ल्यान्डलाइन टेलिफोन सेवा सुचारु गरिएको भारतले जनाएको छ। कश्मीरमा लगभग दुई सातादेखि सञ्चार र इन्टरनेटलगायतका सेवा बन्द गरिएको छ। कश्मीर उपत्यकामा रहेका सय फोन एक्सचेन्चमध्ये १७ वटा सुचारु गरिएको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। ल्यान्डलाइन फोन आंशिक रूपमा सुचारु गरिएको भए पनि इन्टरनेट र मोबाइल सेवा भने अझै बन्द नै गरिएको छ।

काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ। काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ।

काश्मीरमा गतिविधिलाई खुकुलो पारिएको प्रशासनको भनाई

भारतको केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको काश्मीरमा लागु गरिएका केही कानूनहरू खुकुलो बनाउन लागिएको जनाएको छ।

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन (अन्तर्वार्ता)

अमेरशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन्। भारतको जवाहरलाल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधी गरेका सिंह नेपाल भारत सम्वन्धमा विशेष चासो राख्छन्। सिंहसँग नेपाल भारत सम्वन्ध लगायतका विषयमा नागरिक फ्रन्टलाइनमा गरिएको कुराकानीको सम्पादित अंश ।

माेदीले भने 'एक देश, एक निर्वाचन'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब 'एक देश, एक निर्वाचन'को अवधारणा लागू हुने बताएका छन्।

काठमाडौंमा भारतीय स्वतन्त्रता दिवस, एम्बुलेन्सदेखि बससम्म नेपाललाई विभिन्न सहयोग

नेपालमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइएको छ। राजधानीको लैनचौरस्थित भारतीय राजदूतावासमा मनाइएको स्वतन्त्रताको दिवसको शुभारम्भ राजदूत मन्जिभसिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरेर गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्