अवैध गाँजासहित युवक पक्राउ
उदयपुरमा अवैध गाँजासहित एक युवा पक्राउ परेका छन्। कटारी–गाईघाट चल्ने यात्रुवाहक बसबाट त्रियुगा नगरपालिका ६ जलजलेस्थित चेकपोष्टमा नियमित चेकजाँचको क्रममा कटारी ५ का २१ वर्षीय रामकुमार सदा अवैध गाँजासहित बुधबार दिउँसो पक्राउ परेका हुन्।