२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

प्रहरीले दुई सय २० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित दुई सय २० केजी गाँजा बरामद गरेको छ।

गाँजा प्रतिबन्धको ‘जनयुद्ध’ प्रभाव

नेपालले पनि जुन २६ मा अन्तर्राष्ट्रिय लागुपदार्थ प्रयोग, दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवस मनायो । नेपालमा किशोर एवं युवावर्गमा लागुपदार्थ दुव्र्यसनीको संख्या ह्वात्तै बढिरहेकोछ । यो सरोकारवालाहरूको टाउको दुखाइ भएकोछ । छिमेकी भारतसँगको १८८० किलोमिटर सीमा खुला भएकाले पनि लागुपदार्थ प्रयोग, दुरुपयोग र ओसारपसार रोक्न चुनोती भएकोछ भन्छन्, लागुपदार्थ नियन्त्रणमा सम्बद्ध जिम्मेवार पदाधिकारीहरू । लागुऔषध हाम्रो देशको अन्तरनिहित समस्या होइन । अन्तर्देशीय सम्बन्ध र भारतसँगको खुला सिमानाका कारण यो चुनौतीपूर्ण बन्दै गएको हो । साथै सन्तानको क्रियाकलापप्रति अभिभावक जिम्मेवार नहँुदा समस्या झन् थपिएको छ ।

गाँजासहित दुई जना पक्राउ

लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ। गौर–चन्द्रपुर सड्क खण्ड अन्तर्गतको यमुनामाई गाउँपालिकास्थित बम नहरमा चेकजाँचको क्रममा साढे १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

९० किलो गाँजा बरामद

चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो।

गाँजासहित जनप्रतिनिधि पक्राउ

पकाहामैनपुर गाउँपालिका कार्यपालिका सदस्य गाँजासहित पक्राउ परेका छन्। वडा नम्बर १ डोरेबाट निर्वाचित बालिस्टर सहनीलाई शुक्रबार बिहान गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुई क्वीन्टल गाँजासहित दुई जना पक्राउ

सर्लाही प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ। बुधबार राति दुई क्वीन्टल १२ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको हो।

८ केजी गाँजा बरामद

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ अखुवाको जंगलबाट मंगलबार प्रहरीले विशेष सुराकीका आधारमा ८ केजी गाँजा बरामद गरेको छ।

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

एक क्विन्टल गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

६० किलो गाँजासहित एक भारतीय पक्राउ

सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

गाँजा मालिकसहित दुईजना पक्राउ

भरिया मात्रै पक्राउ गरिरहेको प्रहरीले लागुऔषध कारोबारमा संलग्न मालिकलाई नै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले ठूलो परिमाणको गाँजा ट्रकमा बिक्री गर्न लैजाँदै गरेका रौतहटको चन्द्रपुर नगरपालिका–८ का २६ वर्षीय गौरीशंकर यादवलाई पक्राउ गरेको जानकारी दिएको हो।

गाँजा मुद्धाका फरार जेल चलान

लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ।

भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

५० केजी गाँजासहित काठमाडौंबाट दुई पक्राउ

काठमाडौंबाट प्रहरीले ५० केजी लागऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरवारमर्गबाट खटिएको प्रहरीको टोलीले लाजिम्पाटबाट ठूलो परिणामको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्