२७ कार्तिक २०८१ मंगलबार
image/svg+xml

रोजगारको प्रलोभनमा लिबिया पुगेका १५ नेपालीको उद्धार

रोजगारको प्रलोभनमा परेर अवैध रुपमा युद्धग्रस्त लिबिया पुगेका १५ जना नेपालीलाई उद्धार गरिएको छ। इजिप्टको कायरोमा रहेको नेपाली दूतावासको पहलमा रोजगारको आश्वासनमा अवैध रुपमा पु-याइएका १५ नेपालीलाई उद्धार गरी ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को क्याम्पमा राखिएको छ।

प्रियंका कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउने पहिलो नेपाली कलाकार

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागिता जनाउन नायिका प्रियंका कार्की आइतबार पेरिस प्रस्थान गर्दैछिन्। विश्वका सेलिब्रटीको जमघट हुने कान्स फेस्टिभलमा नेपालले पहिलोपटक अवसर पाएको छ भने रेड कार्पेट समारोहमा प्रियंका नेपालको प्रतिनिधित्व गर्ने पहिलो कालाकार बनेकी छिन्।

आपराधिक घटनामा वृद्धि

५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएकाे हाे।

नेपाल लाइफ इन्स्योरेन्सको बोनस र लाभांश पारित

सभाबाट आर्थिक वर्ष ०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब, नगद प्रवाह विवरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव स्वीकृत भएको कम्पनीले जनाएको छ।

मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिललगायत अप्रजातान्त्रिक विधेयक फिर्ता नभए सडक र सदनबाट कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले आफूहरू लोकतान्त्रका आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए। ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ, सरकारको काम हेर्दा नियन्त्रणमुखी प्रवृत्ति अपनाएको देखिन्छ,’ उनले भने।

‘न्यायपरिषद्लाई राजनीतिमुक्त बनाऊ’

न्यायाधीश नियुक्तिको विषयलाई लिएर न्यायपरिषद् र नेपाल बार एसोसिएसनबीच दूरी बढ्दै गइरहेका बेला पूर्वन्यायाधीशहरूको फोरमले परिषद्लाई राजनीतिबाट मुक्त राख्न सुझाव दिएको छ। कानुन दिवस (वैशाख २६) का दिन न्यायपरिषद् सदस्य र बार अध्यक्षबीच सार्वजनिक रूपमै भएको चर्काचर्की सतहमा आएपछि परिषद्लाई न्यायिक दृष्टिकोणबाट हेर्नुपर्ने भन्दै उनीहरूले पुनर्गठन र परिमार्जनमा जोड दिएका हुन्। न्यायपरिषद्को गठन र न्यायाधीशहरूको नियुक्ति सम्बन्धमा न्यायाधीश फोरमले तयार पारेको प्रतिवेदनमा उल्लेख छ, ‘न्यायपरिषद्लाई राजनीतिक वर्चस्वबाट मुक्त गरिनुपर्ने र त्यसका लागि सो परिषद्मा न्यायिक दृष्टिकोण राखी दीर्घकालीन रूपमा न्यायपालिकाको विश्वास कायम राख्ने व्यक्तित्वको बहुमत स्थापित गर्नुपर्ने हुन्छ।’

‘प्रेस स्वतन्त्रताविरोधी विधेयक पास हुन दिन्नौं’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेस स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको विधेयक संसद्बाट पास हुन नदिने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै उनले सरकारले ल्याएको स्वतन्त्र प्रेस र मानवअधिकार नै कुण्ठित बनाउने प्रावधानसहितका विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन्।

संघीयभन्दा प्रदेश २ सरकार प्रेसप्रति बढी अनुदार

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को संसद्मा पेस गरेको सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीलाई १ करोड रुपैयाँसम्म जरिबाना गर्ने प्रवधान राखेपछि प्रदेशका सञ्चारकर्मीले त्यसको कडा प्रतिवाद गरेका छन्।

साताको शेयर बजारः पाँच अर्बको कारोवार

शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो। साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो।

कम्युनिष्टको शक्ति भनेकै प्रोपोगाण्डा होः महत

नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको बताएका छन्।

शृंगारमा अल्झिएको साहित्य

उन्नाइसौं शताब्दीबाट सुरु भएको नेपाली साहित्य आधुनिक कालसम्म प्रवेश गर्दा धेरै आयाम थपिए। यस अवधिमा साहित्यले आफ्नो क्षेत्रलाई थप फराकिलो बनायो। र प्रत्यक्ष होस् वा अप्रत्यक्ष समाजका विविध पक्षलाई डो-यायो पनि। समाजलाई परिवर्तनको संघारसम्म ल्याइदियो। फरक–फरक समुदायबाट प्रतिनिधिमूलक लेखक जन्मायो। आमनागरिक तहमा साहित्यिक चेतना भ-यो।

अर्को पल्ट दुई तिहाईको सरकार बन्छ- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने दाबी गरेका छन्।

दुई तिहाईको दम्भ नदेखाउ- बैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन्।

विधेयक फिर्ता लिनुपर्छः गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्