२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

जनकपुरमा विवाह महोत्सव मनाइँदै

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ।  जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्।

‘ग्रेटर जनकपुरको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

जनकपुर उपमहानगरपालिकाको मेयर पदमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार सात सय ४३ मतान्तरले पछि पार्दै विजयी भएका राजपा नेपालका लालकिशोर यादवसँग नागरिककर्मी सुरेश यादवले गरेको संक्षिप्त कुराकानी ।

जनकपुर उपमहानगरपालिकामा दश हजार मतान्तरसहित राजपा विजयी

धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे ।

जनकपुर उपमहानगरपालिका : मेयरमा १९ जना भिड्दै

पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरू मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् ।

जनकपुर झडपमा राजपाका ४७ कार्यकर्ता घाइते

एमालेको अगुवा कार्यकर्ता भेलालाई बिथोल्ने प्रयास गर्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ कार्यकर्ता घाइते भएका छन्। राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सो घटनामा केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुष जिल्ला अध्यक्ष परमेश्वर साह घाइते भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

नवमी मनाउन गृहमन्त्री जनकपुरमा

प्रधानमन्त्री समक्ष बुझाएको राजीनामा फिर्ता लिने बित्तिकै गृहजिल्ला धनुषा आएका गृहमन्त्री विमलेन्द्र निधीले पार्टी सभापति र प्रधानमन्त्रीको आग्रहमा बिहीबार पुनःसरकारको जिम्मेवारी सम्हालेको बताएका छन् ।

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ ।

जलेश्वर– जनकपुर सडक निर्माण कार्य कछुवाको गतिमा

आठ महिना अघि भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य प्रारम्भ गर्न शिलान्यास गर्ने क्रममा सत्ताधारी दल माओवादी केन्द्र, नेपाली काँग्रेस  र नयाँ शक्ति लगायत धेरै राजनीतिकदलहरुले उक्त सडक निर्माण कार्य शुरु हुनुलाई आ–आफ्ना पार्टीकै साखसँग जोड्दै आ–आफ्नै दलको प्रयासमा सडक निर्माण कार्यको शुरुवात गरेको फुर्ति लगाएका थिए । तर यतिका प्रमुख राजनीतिक दलले आ–आफना पार्टीको साखसँग जोडेका  भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कामको गति भने कछुवाको गति जस्तै छ । उक्त सडकमा अचाकली उड्ने धुलोले हिड्नै सकस हुन थालेको छ ।

नयाँ शक्तिद्वारा जनकपुरस्थित निर्वाचन कार्यालय तोडफोड, १५ पक्राउ

जनकपुरस्थित जिल्ला निर्वाचन कार्यालय घेराउगरी प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि नयाँ शक्तिका १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरी घटनाविरुद्ध घोषित मधेश बन्दले जनकपुरको जनजीवन प्रभावित

सप्तरी घटनाविरुद्ध बुधबार दोस्रो दिन पनि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मधेशका जिल्लाहरु पूर्ण रुपले बन्द छ। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

भिट्टामोड–जनकपुर सडक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

एक दशकदेखि बेवास्ताको शिकार भई जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक तिव्रगतिमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने माग गर्दै महोत्तरीवासीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्।

जनकपुरको विकास माग्दै अनशन

जनकपुर क्षेत्रको बृहत्तर विकासलगायत सातबुँदे माग राखेर रामकुमार शर्मा र सदस्य कलामुद्दिन राइन जनकचोकमा आमरण अनसन बसेका छन्। अनशन बसेको शनिबार १० दिन पुगेको छ। जनकपुर क्षेत्रको भौतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने मुद्दा उठाएर उनीहरू अनशन बसेका हुन्।

स्थानीयको विरोध पछि भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेजको काम अवरुद्ध

स्थानीयको विरोध पश्चात निर्माणाधिन भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेज अन्तर्गतको सडक निर्माण कार्य अवरुद्ध भएको छ।

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती आज महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्