२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने योजना नभएको बताएका छन्। अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले निराश भएको थियो। यससँगै अर्जेन्टिनाको लामो समयदेखिको उपाधि खडेरीमा पूर्णविराम लगाउने मेसीको लक्ष्यले यस संस्करणमा पनि पूर्णता पाउन सकेन। ३२ वर्षे मेसीले सन् २०१६ मा को कोपा अमेरिका फाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिट मार्ने घोषणा गरे पनि केही समयपछि नै संन्यास फिर्ताको घोषणा गरेका थिए।

दुवै टाेली सुखद अन्त्यको खोजीमा

लिग चरणको अन्तिम खेलमा बिहीबार तालिकाको पुछारमा रहेका अफगानिस्तान र वेस्ट इन्डिज आमनासामने हुँदा दुबै टोली सुखद अन्त्यको खोजीमा हुनेछन्। सेमिफाइनल होडबाट बाहिरिएका दुबै टोलीका लागि यो प्रतिस्को लडाई हुनेछ।

अफगानिस्तान कडा टक्करमा फेरि अभागी

अफगानिस्तानले दिएको २ सय २८ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाउँदा पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो।

एसेजको झल्को दिने खेल

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ।

घरेलु टोली सेमिफाइनलमा

प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी झापा ११ लाई १–० ले स्तब्ध पार्दै घरेलु टोली उदयपुर ११ छैैटौँ उदयपुर गोल्डकपमा इतिहास रच्न सफल भएको छ।

च्यासल युवा क्लब सेमिफाइनलमा

बट्टारमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबलमा सोमबार च्यासल युवा क्लब सेमिफाइनल पुगेको छ । सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई २–० ले हराउँदै च्यासलले सेमिफाइनलमा स्थान बनाएको हो।च्यासलले सुरुदेखि नै आत्मविश्वासका साथ खेल प्रदर्शन गरेको थियो ।तर, पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन।खेलको ५७औं मिनेटमा मिलन राईले अफसाइड ट्य्राप बिट गर्दै उत्कृष्ट हेडरबाट गोल गरेर च्यासललाई अग्रता दिलाएका थिए।

सुदूरपश्चिम र प्रदेश–२ फाइनलमा

सुदूरपश्चिम र प्रदेश–२ राजधानीमा जारी यु–१६ अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

दुवै प्रहरी समूहविजेता

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल यात्राका लागि बिहीबार विभागीय टोली एपिएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा यानिक ओहानाले दाउफिन्सका लागि निर्णायक गोल गरे । नगामा अन्गोउलाको कप्तानीमा मैदान उत्रिएको दाउफिन्सका लागि ओहानाले खेलको ७९औं मिनेटमा सानदार गोल गरेका थिए ।

साफ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

नेपालमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आयोजक नेपालले पाहुना टोली श्रीलंकालाई आतिथ्य गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ बुधबार मैदान उत्रनेछ। सम्पन्न सबै संस्करणको उपाधिविजेता भारतले भने बुधबारै दिनको दोस्रो सेमिफाइनलमा बंगलादेशको सामना गर्दै छ।

स्वान्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

स्वान्सी सिटीलाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअतर्गत शनिबार राति भएको क्वाटरफाइनलमा सिटीले २–० ले पछि परेको स्थिती उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो।

महिला साफ च्याम्पियनसिप : श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

श्रीलंकालाई २–० को नतिजा सुम्पिएसँगै लगातार दुई खेलमा पराजय भोगेको माल्दिभ्स नेपालमा जारी साफ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ।

माइभ्याली गोल्डकप : सेमिफाइनल समीकरण पूरा

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्रिभुवन आर्मी क्लबलाई पाखा लगाएसँगै पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइन समीकरण पूरा भएको छ। शुक्रबारको अन्तिम क्वार्टरफाइलनमा काँकरभिट्टाले विभागीय टिम आर्मीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्याे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्