७ माघ २०८२ बुधबार
image/svg+xml

हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेका छन्।

‘अल्गोरिदम’मार्फत देश कब्जा गर्न आएको शक्तिबाट सजग हुनुपर्छ : सचिव बस्नेत

बस्नेतले लेखेका छन्, ‘यस चुनावमा देश बनाउने एजेन्डा होइन, देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्। लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन्।’

‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ को लोकार्पण

समालोचक प्राडा वासुदेव त्रिपाठीले प्राडा दयाराम श्रेष्ठकाे ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गरेका छन्।

सिरक-डस्ना बिक्री हुन छाडेपछि धुनियालाई दुई छाक पनि धौं धौं !

शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक-डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ। यद्यपि, पसलमा बनाइने सिरक-डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने उनको दाबी छ।

बागलुङ : सौहार्दपूर्ण तरिकाले उम्मेदवारी दर्ता, २३ जना चुनावी मैदानमा

जिल्ला अध्यक्ष पद धरापमा राखेर केन्द्रीय सदस्यको उम्मेदवार भए पनि उनी विजयी हुन सकेनन्। काठेखोला गाउँपालिका-३ धम्जा घर जन्म भएका केसी यस पटक समेत गरी तेस्रो पटक निर्वाचनमा उम्मेदवार बनेका छन्।

लघुकथाकार चूडामणि नेपाल अकिञ्चनको ‘धुवाँको रङ’ लाेकार्पण

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले चूडामणि नेपाल अकिञ्चनको ‘धुवाँको रङ’ लघुकथासङ्ग्रहलाेकार्पण गरेकाे छ।

यस्तो छ आज कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ३१, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ।

कञ्चनपुरमा बीना, एनपी र दीपक बोहरासहित ५५ जना चुनावी मैदानमा

राप्रपाबाट दिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट कटक जहादुर शाही, नागरिक उन्मुक्तीबाट कृष्णबहादुर चौधरी, संयुक्त नागरिकबाट दानियल विक, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्रबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट पुरन राना थारु, उज्याले नेपालबाट माइकल तामाङले मनोनयन दर्ता गराएका छन्। त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट राजाराम डँगौरा, आम जनता पार्टीबाट सीता विक, मितेरी पार्टी नेपालबाट सियाराम राना र मंगोल नेश्नल अर्गनाइजेशनबाट हुमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढङ्गबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिए।

इलाममा सुहाङसहित २७ जनाको उम्मेदवारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन्।

सुनसरीमा हर्कसहित ११० जनाको उम्मेदवारी

सुनसरी क्षेत्र नं ३ बाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार, नेकपा (एमाले) बाट भगवती चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अशोककुमार चौधरीलगायतले उम्मेदवारी दर्ता गराएका छन्।

म्याग्दीमा महावीर पुनसहित १३ उम्मेदवारको मनोनयन

अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी घर भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहनुभएका महावीर पुनले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

आजकाे कार्टुन

आजकाे कार्टुनमा ‘पर्सा जिल्ला अदालतले पनि माग्याे लामिछानेसँग कराेड धराैटी! लाै, जेन-जी सरकारले पनि प्रतिशाेध साँधेछ?’ भनेर सामयिक विकृतिकाे व्यङ्ग्य गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्