२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने

निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुनासाथ त्यही विमानस्थललाई आधार गरी तीन विदेशी गन्तव्यका लागि उडान सञ्चालन गर्ने तयारी बुद्धले तीव्र गतिले अगाडि बढाएको छ । यसका लागि बुद्धले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेर उपयुक्त जहाजसमेत छनोट गरिसकेको छ ।

पोखरामा सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा बुधबार दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन्।

काठमाडौं-पोखरा रुटमा अमेरिकन सिट भएका लक्जरी बस सञ्चालनमा

राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न दुई वटा पर्यटकीय बस सञ्चालनमा ल्याइएको छ। यातायातका साधनमा लामो समयदेखि लगानी गर्दै आएको जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बस शुक्रबार पोखरा र शनिबार काठमाडौँबाट सञ्चालनमा ल्याएको हो।

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

अलिमियाँ लोकवाङमय प्रतिष्ठानले घटस्थापनाका दिन असोज ५ गते पोखरेलीलाई सुदूरपश्चिमका कवि हेमन्त विवशका कविताको स्वाद चखाउने भएको छ। प्रतिष्ठानले ‘पोखरामा सुदूरपश्चिमको सुवास’ नामक एकल कविता वाचनको मेसो मिलाएको हो।

पोखरा ट्रेड मलको नगद वर्षा योजनामा २६ जना विजेता

पोखरा ट्रेड मल चिप्लेढुंगाद्वारा संचालित दशै तिहार उत्सव –२०७४, नगद वर्षा योजना अन्तर्गत साप्ताहिक उपहार लक्की–ड्र मा २६ जना ग्राहकले विभिन्न उपहार जितेका छन्।

बुद्ध एयरको भरतपुर–पोखरा उडान भदौ ३० देखि

काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो।

मिस पोखरामा १९ छानिए

नागरिक दैनिकको पश्चिमेली (पोखरा) संस्करणको प्रस्तुतिमा चर्चित र सर्वाधिक पुरस्कार राशि भएको सौन्दर्य प्रतियोगिता मिस पोखराको नवौं सिजनको अडिसनबाट १९ जना छनोट गरिएको छ। पोखरा जेसिजको आयोजनामा भएको मिस पोखरामा २७ जनाको सहभागिता रहेको थियो। पहिलो र दोस्रो चरण गरेर आइतबारलाई १९ जना छनोट भएका हुन्।

फोहर फाल्ने ठाउँ नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ।

नागरिकको पोखरा र बुटबल संस्करण अारम्भ

नेपाल रिपब्लिक मिडियाले पश्चिमेली पोखरा र पश्चिमेली बुटबल संस्करणको शनिबार एकैसाथ शुभारम्भ गरेको छ। काठमाडौं, विराटनगर र नेपालगन्जबाट प्रकाशित हुँदै आएको नागरिक यो सँगै राष्ट्रकै सबैभन्दा ठूलो छापा सञ्जाल भएको राष्ट्रिय दैनिक बनेको छ।

समृद्धिका सारथि पोखरा

५० वर्षअघि पोखराको समथर जमिनमा कि खेत थियो कि बयरघारी र काँसको खरबारी। त्यति बेला लायकको घर हेर्न काहुँडाँडा उक्लनुपर्थ्यो।

पोखरामा तेस्रो पोर्क फेस्टिबल हुने

बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण अनुमोदन

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो।

पोखरा पुगेर ओलीले भने: सरकार निर्वाचन सार्ने बहाना गर्दैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) को मागलाई बहाना बनाएर दोश्रो चरणको निर्वाचन अझै पछाडि सार्ने योजना सरकारले बनाएको आरोप लगाएका छन्।

पोखरा-लेखनाथ महानगरपालिकाको मेयर-उपमेयर दुबैमा एमाले विजयी

पोखरा-लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन्। उनले ६० हजार १ सय १८ मत ल्याइ विजयी भएका हुन्। उपमेयरमा पनि एमालेकै मन्जु गुरुङ निर्वाचित भएकी छन्। उनले ५४ हजार १ सय मत ल्याएकी हुन्।

दुई बुँदे सहमतिपछि पोखरा–लेखनाथको गणना दुई बजेदेखि

फरक आकारको स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि रोकिएको पोखरा–लेखनाथ महानगरपालिकाको गणना दिउँसो दुर्इ बजेदेखि सुरु हुँदैछ । महानगरको १७ नम्बर वडामा ठूलो आकारको स्वस्तीक छापसहित भेटिएका मत फर्जी रहेको भन्दै कांग्रेस र माओवादी केन्द्र लगायतका दलले विरोध गरेपछि शनिबार दिउँसो चारबजेदेखि गणना रोकिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्