बूढानीलकण्ठमा कृषक सम्मेलन
काठमाडौंको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आजदेखि दुईदिने कृषक सम्मेलन तथा कृषि तथा पशु उत्पादन प्रदर्शनी मेला सुरु भएको हो ।

