१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः थपलिया

'कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हाँसिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरुको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ, धेरै मतदान हुनु राम्रो हो तर हुँदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो।’

मतदाताका वारेसप्रति चनाखो बन्नू: निर्वाचन आयोग

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन्।

हामी मिसिन गन बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनूस्ः थपलिया

‘यो पटक हामीले संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेको छ। तर हामीले तीन दिन अघिबाट मदिराको बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्नुपर्छ भनेका छौँ। यो जायज कुरा हो। यसमा खबरदारी गर्नुहोला। सूचना भेटेमा आयोगलाई दिनुहोला।’

आयोगका निर्देशन अवज्ञा गरिए सह्य नहुने प्रमुख आयुक्त थपलियाको चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन्।

अध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन्।

सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य: आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन्।

‘उम्मेदवारको खर्च निगरानी भइरहेको छ’

‘सबै उम्मेदवारको खर्च र गतिविधिबारे विभिन्न माध्यमबाट निगरानी भइरहेको छ। त्यसैले कसले कति खर्च गर्छन् भन्ने जानकारी निर्वाचन आयोगले पत्ता लगाउँछ,’ उनले भने।

चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार गर्नु हुन्नः आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन्।

पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न: थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन्।

निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा गर्ने चरण भोलिदेखि

निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठितरूपमा नीहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमार्फत अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सजग तुल्याइएको छ।

निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि हुन दिइन्नः प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएका छन्।

प्रमुख आयुक्त दिनेशकुमार थपलिया र जापानी राजदूत युताका किकुताबीच भेटवार्ता

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गरेका थिए।

आयोगको निर्णयले उम्मेदवारहरुमा भूकम्प जाँदैन भन्न सकिँदैनः दिनेशकुमार थपलिया

उनले आचारसंहीता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए।

गैर सरकारी संस्थालाई निर्वाचनसम्बन्धि कार्यक्रम दिन बजेटनै नभएको थपलियाको भनाइ

निर्वाचनमा मतदाता शिक्षाका लागि दर्जनौं गैरसरकारी संस्थाहरुले माग गरिहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रष्टिकरण दिएका हुन्। उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई सचेत बनाउने र सुचित बनाउने काममा भने सहयोग गर्न सबै गैरसरकारी संस्थाहरुलाई आग्रह गरे।

आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

प्रमुख आयुक्त थपलियाले पोखरामा आज आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्