२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि हुन दिइन्नः प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएका छन्।  

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरुले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिईरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताए। उनले विप्लव नेतृत्वको नेकपाको नाम नलिई कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भिरतापूर्वक लिएको र सोही अनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताए।  

प्रकाशित: १६ कार्तिक २०७९ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App