coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आयोगको निर्णयले उम्मेदवारहरुमा भूकम्प जाँदैन भन्न सकिँदैनः दिनेशकुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहीता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन्।  शुक्रबार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहीता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका हुन्। 

उनले आगामी १० दिनमा आयोगले आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरुमा भूकम्प जानसक्ने आशंका व्यक्त गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहीताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताए। उनले आचारसंहीता उल्लंघन गरेकोबारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रुपमा लिनुपर्ने बताए। उनले आचारसंहीता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए। 

उनले भने, ‘निर्वाचन आचारसंहीताको पूर्ण परिपालना गराउने कुरामा तपाईहरुकै बल प्राप्त भएको, सिकाएको कुराबाट हामीले काम गरेका छौँ। आयोग दृढ छ। आचारसंहीता उल्लंघनमा स्पष्टीकरण सोध्दिँदै यत्तिको अलिकति तरंग आएको छ भने अब १० दिन पछिका आयोगका निर्णयले ठूलै भूकम्प आउला की भन्ने मैले आशंका गरेको छु। त्यहाँ भन्दा धेरै म यसमा प्रवेश गर्न चाहन्न। आचारसंहीताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु होइन, कारबाहीको प्रक्रिया प्रारम्भ गर्नु हो। उ अब दायराभित्र चाहीँ पस्यो भनेको हो। माकुराको जालोभित्र झिंगो पस्यो, अब जालो काटेर निस्किन सक्यो भने भनेको तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा निस्कियो, होइन भने कारबाही हुन्छ।’

प्रकाशित: ४ कार्तिक २०७९ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App