६५ वर्षमै वृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर्न कांग्रेसको माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता वितरण गर्ने अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्न माग गरेको छ। मंसिर २९ गतेदेखि जारी कांग्रेसको महासमिति बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारको ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय कार्यान्वयन गर्न वर्तमान सरकारसँग माग गरेको हो। बैठकले समसामयिक १५ बुँदे प्रस्ताव पारित गरेको छ।