१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप

आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराएका थिए।

एमालेले चुन्यो सात पालिकाको नेतृत्व

इलाम, सूर्याेदय, माई र देउमाई नगर तथा माइजोगमाई, रोङ र सन्दकपुर गाउँपालिकामा नेतृत्व चयन गरिएको छ। धेरैजसो पालिकामा सहमतिमै नेतृत्व चयन भए पनि केही पालिकाका केही पदमा निर्वाचन भएको एमालेले जनाएको छ।

जनताकाे हितभन्दा ठूलो कुरा नेता होइनः महासचिव पोखरेल

जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्‍याउनुपर्नेमा जोड दिए। उनले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन्।

एमालेका पालिकास्तरमा मङ्गलबार अधिवेशन

नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ। सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ।

प्रचण्ड र माधवलाई आगामी चुनावमा जित्न ओलीको चुनौती

उनले सबै वामपन्थी, कम्युनिष्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरुलाई एमालेमा समाहित हुन आव्हान पनि गरे।

एमालेको १०औं महाधिवेशन चितवनमा हुने

नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो। महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने छ।

ओलीलाई रावलको जवाफ: १० बुँदे ‘एकतारे’ होइन ११ तारे विगुल हो

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत असन्तुष्टि जनाएका हुन्।

किसानलाई राहत प्याकेज दिन एमालेको माग

मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

सुदृढ एकता विधान महाधिवेशनको सन्देश: भट्टराई

नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन्।

एमाले भित्र कसैको पनि फरक मत छैनः उपमहासचिव पौडेल

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए। विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ।

जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छः ओली

ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन्। ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ। बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ।’

एमाले विधान महाधिवेशन: आज तीन प्रतिवेदनमाथि समूहगत छलफल हुने

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ।

एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्