२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खर्चमा अंकुश लगाउँदै चीन

चीनियाँ फुटबल क्लबले विदेशी खेलाडी भित्र्याउन खर्चिने ठूलो धनराशीमा अंकुश लगाइने भएको छ। यसका लागि क्लबले भित्र्याउने विदेशी खेलाडी संख्या घटाउने चीनले यसै साता घोषणा गरेको छ। पछिल्लो समय इङलिस क्लब चेल्सीबाट ठूलो रकममा डिएगो कोस्टा चिनियाँ क्लबमा आबद्ध हुने समाचारले फुटबल जगत तरंगित भएको थियो।

चीन जोड्ने छोटो सडक ६ महिनामा पूरा हुने

नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोलातर्फको २२ किलोमिटर खण्डमध्ये एक महिनामा साढे दुई किलोमिटर बाटो खनिएको छ । यहि रफ्तारमा काम भए अबको ६ महिना भित्रमा चीनको रिउब बजारबाट टीपतालापास हुँदै गोलासम्म सडक सञ्जाल जोडिने भएको छ ।

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्।

चीनसँग सहकार्य बढाउन तयार छौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले अघिल्लो सरकारको पालामा चीनसँग भएका सम्झौतालाई वर्तमान सरकारले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। चीनसँग रणनीति सहकार्य र कनेक्टिभिटी बढाउन सरकार प्रतिबद्ध रहेको उनले जनाए।

चीनको चमत्कार

दुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’ यो भविष्यवाणीलाई चीनको चमत्कारिक विकासले झक्झक्याइरहेको छ। चीन भौगोलिक रूपमा संसारकै ठूलो देश हो।

ब्यापार घाटा कम गर्न चीनसँग सहयोगको अनुरोध

नेपालले प्रत्येक वर्ष बेहोर्दै आएको व्यापार घाटा कम गर्न नेपालबाट निर्यातहुने वस्तुहरुको प्रवद्र्धनमा सहयोगका लागि नेपाली व्यवसायीले चीनसँग अनुरोध गरेका छन्।

ट्रम्पको विवादस्पद अभिव्यक्तिप्रति चीन आक्रोशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘एक चीन नीति’ का विषयमा पुर्नविचार गर्नुपर्ने धारणा व्यक्त गरेको केही समयपछि चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले ताइवान मुद्दाको संवेदनशिलतालाई बुझ्नुपर्ने जनाएको छ।

चीनलाई घेर्ने भारतीय रणनीति, भियतनामलाई दिने भयो आकाश मिसाइल

भारतले चीनको आक्रामक रवैयालाई मध्यनजर गर्दै चीनको छिमेकी मुलुक भियतनामलाई सैन्य सामाग्री बेच्ने निर्णय गरेको छ। भारतले भियतनामलाई जमिनबाट हावामा मार हान्न सक्ने स्वदेशी मिसाइल बेच्ने तयारी गरेको हो।

नेपाल-चीन सैन्य अभ्यासले भारतलाई असर नपर्ने

भारत सरकारले नेपाल र चीनबीच हुने सैनिक अभ्यासले नेपाल–भारत सैनिक सम्बन्धलाई प्रभाव पार्न नसक्ने बताएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित मध्यावधि समीक्षा पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भिके सिंहले नेपाल–भारत सैनिक सम्बन्धलाई तेस्रो देशको नजरबाट हेर्न आवश्यक नभएको बताए।

चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो

चीनको उत्तरी क्षेत्रमा पर्ने शान्छि प्रान्तमा नौ सयभन्दा बढी पुरानो प्राचीन भित्ते चित्र भेटिएको छ। पुरातत्वविद्ले पत्ता लगाएको सो भित्तेचित्र तत्कालिन झाङसी देशमा पर्ने ठाउँमा १११५ देखि १२३४ सम्मको भएको बताइएको छ।

चीनले खुला गर्‍यो विश्वकै अग्लो पूल

बेइजिङ– चीनले निर्माण गरेको विश्वकै अग्लो पुल बिहीबारदेखि खुला गरिएको छ। १ हजार ८ सय ५४ फिट अग्लो वेपिङजाङ यो पुलले युनान र गुइजाउलाई जोड्नेछन्।

जबर्जस्त तानिँदै चीन

नेपालका राजनीतिज्ञ 'भारतसँगको सम्बन्ध' का विषयमा बोल्दा कुनै न कुनै रुपमा चीनलाई जोड्न छुटाउँदैनन्। भारतको विषयमा बोल्दा अनावश्यक रुपमा चीनलाई तान्नु र चीनका विषयमा बोल्दा भारतलाई जोड्ने प्रवृत्ति नयाँ भने होइन।

चीनद्वारा पौने १६ अर्ब अनुदान

चीन सरकारले नेपाललाई १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ। उक्त रकम स्याफ्रुबेसी–रसुवागढी राजमार्ग स्तरोन्नति, निजामती अस्पताल 'रिनोभेसन' र भूकम्प पुनर्निर्माणका लागि दुवै देशबीच सम्झौता भएका परियोजनामा खर्च गरिनेछ।

नेपाल-चीन सैन्य अभ्यास अर्को वर्ष

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो संयुक्त सैनिक अभ्यास अर्को वर्ष हुने भएको छ। भारतले भने नेपालमा यस्तो अभ्यास निरन्तर गर्दै आएको छ। चिनियाँ रक्षा मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपाल र चीनबीच २०१७ मा संयुक्त सैन्य अभ्यास हुने औपचारिक जानकारी गराएको हो।

नेपाल र चीनले पहिलाे पटक संयुक्त सैन्य अभ्यास गर्ने

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास अायाेजना गरिने भएकाे छ। चिनियाँ रक्षा मन्त्रालयले नेपाल र चीनबीच २०१७ मा संयुक्त सैन्य अभ्यास गर्न लागेको औपचारिक जानकारी गराएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्