२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बेलायतका प्रधानमन्त्री चीनको भ्रमणमा आउने

बेलायतका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने भएकी छन्। उनले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिएकी छन्।

नेपालले उछिन्यो भारत र चीनलाई

नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

चीनबाट कृषिजन्य सामग्रीको आयात घट्यो

चीनबाट नेपालमा ल्याइने कृषिजन्य सामग्रीको आयात घटेको छ। आर्थिक वर्षको पहिलो ६ महिनामा ३४.०२ प्रतिशतले आयात घटेको हो। चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुष मसान्तसम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ।

एक साताको विदापछि चीनबाट सामग्री आयात सुरु

सोनाम ल्होसारको अवसरमा दिइएको एक साता लामो विदा सकिएसँगै चीनबाट सामग्री आयात सुरु भएको छ। ल्होसारको कारण चिनियाँ भन्सार बन्द भएसँगै माघ १ गतेदेखि सामग्री आयात रोकिएको थियो। माघ १ गतेदेखि ७ गतेसम्म सार्वजनिक विदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो।

चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म

बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खानको पछिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’लाई चीनमा रुचाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले चिनियाँ बक्स अफिसमा दुई दिनमै सय करोडभन्दा बढी कमाउन सफल भएको छ।

दोक्लमबारे चीनको नयाँ धारणा

चीनले विवादित सीमा क्षेत्र दोक्लमको विषयमा टिकाटिप्पणी नगर्न भारतलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा दोक्लम चीनको भूभाग भएको स्पष्ट पार्दै त्यहाँ सडक निर्माण भइरहेको र त्यो पूर्ण रुपमा आफूहरुको आन्तरिक मामिला भएको बताए।

अमेरिकाले रुस र चीनको जस्तै सुरक्षा नीति ल्याउने

अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ।  अमेरिकाले राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै चीन र रूसको  जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको  अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए।

चीनमा जन्मदर घट्यो

चीनमा जन्म दर घटेको छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ ।

चीनतर्फको निर्यात ७८ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा चीनतर्फका निर्यात उल्लेख्य वृद्धि हुँदा भारततिर भने त्यसअनुसार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले निकालेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा चीनतर्फको निर्यात ७८.४ प्रतिशतले वृद्धि भएको छ भने भारत तर्फ ५.५ प्रतिशतमात्र वृद्धि भएको छ ।

चीनमा ७ प्रतिशतले बढ्यो आर्थिक वृद्धिदर

चीनमा यसवर्ष आर्थिक वृद्धिदर ६.९ प्रतिशतले बढेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार ७ वर्षयता पहिलोपटक सन् २०१७ मा चीनको अर्थव्यवस्थामा ६.९ प्रतिशतले वृद्धि भएको हो।

उत्तर कोरियाविरुद्ध २० राष्ट्रको भेला आज, चीन अनुपस्थित

उत्तर कोरियाको आणविक महत्वकांक्षालाई कूटनीतिक र आर्थिक दबाबका माध्यमबाट कसरी नियन्त्रण गर्न सकिन्छ भनेर मंगलबार २० देशका विदेशमन्त्रीहरुको भेला क्यानडामा हुँदैछ ।

चीनबाट एक सातासम्म सामग्री आयात नहुने

चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएकोे छ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो ।

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति

तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ। सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ।

नेपाल र चीन सूचना महामार्गमा जोडिए

नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को शुक्रवारबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको छ ।

दुई कोरियाबीचको वार्ताको भारत र चीनद्वारा स्वागत

दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन्। कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्