नेपाल चीन सम्बन्ध थप फलदायी हुने : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्। चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गरेकोे छ।
करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन्। रुस र चीनका साझा चासोका विषयहरूको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरूको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन्।
जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्यतिर चीन जाे भएका छन्। औपचारिक भ्रमणका लागि उनी यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान लागेकाे हुन्। चिनियाँ प्रधानमन्त्री लि क्वाङको निमन्त्रणामा जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा आउन लागेकाे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार जानकारी दिएका छन्।
रसुवागढी नाका हुँदै ९ महिनामा १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ।
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा आज नेपालले कमजोर टोली चीनको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बिहान ७ः४५ बाट मलेसियाको वायुमस ओभल मैदानमा सुरु हुनेछ।
चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ। चिनियाँ अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।
चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न ध्यानाकर्षण गराएका छन्। चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो।
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार चीन भ्रमणबाट फर्किएका छन्।
चीनको शुन्दे जिल्लाको बेइजाओ सहरको कल्चर सेन्टरमा नेपाली तस्बिर प्रदर्शन भइएको छ। अक्टोबर १ देखि ७ सम्म फोटो नेपाल नाम दिएर प्रदर्शनी गरिएको हो। जसमा नेपालका सुन्दर सय तस्बिरहरु प्रदर्शनीमा रहेका छन्। नेपाल पर्यटन बोर्डको अवधारणामा सुरु गरिएको फोटो नेपालको आयोजना चीनमा भएको यो दोश्रो पटक हो।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मुस्ताङमा पर्ने कोरला नाका सञ्चालनमा ल्याउन चिनियाँ अधिकारी सकरात्मक भएका छन्।
तीन दशकअघि चीनमा स्थापना भएको हुवावे टेक्नोलोजी कम्पनी अहिले विश्वस्तरकोे ब्रान्ड बन्ने तयारीमा जुटेको छ।
अमेरिकासँग बढ्दै गएकाे व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ। युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ।