चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी
संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष व्यापक कमी आएको छ। उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहँदै आएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो। तर सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमपछि चीनले पनि राष्ट्रसंघीय प्रतिबन्धलाई आत्मसात गरेको थियो।